अठाइसौँ पैचिङ अन्तर्राष्ट्रिय पुस्तक मेला आयोजित
मास्को र सेन्ट पिटर्स्बर्ग लगायत रुसका मुख्य शहरहरुमा यो किताबको राम्रो विक्री भएको छ। रुसका व्यापक पाठकहरुले सो किताबप्रति चासो राखेका छन्। उनीहरुले धेरै सक्रिय मूल्याँकन गरेका छन्। यसका साथै सो किताब हाम्रो कम्पनीको वेबसाइटमा “अन्तरिक्षको सर्भेक्षण” खालको पुस्तक सूचीमा दोस्रो स्थानमा रहेको छ।
यस पटकको पैचिङ अन्तर्राष्ट्रिय पुस्तक मेलाको मुख्य अतिथि मुलुकको रुपमा पाकिस्तानले विशेष प्रदर्शनी क्षेत्र राखेर प्रशस्त पुस्तक तथा फोटो प्रदर्शन गरेको छ। चीनका लागि पाकिस्तानको राजदूताबासका द्वीतीय सचिव अब्बास यसरी भन्नुहुन्छ,
चिनियाँ जनतालाई पाकिस्तानको इतिहास, निर्माण र संस्कृतिबारे जानकारी दिनका लागि हामीले यहाँ यस प्रदर्शनी क्षेत्रमा राखेका छौँ। आज बिहान धेरै चिनियाँ साथीहरु यहाँ आएर विभिन्न किताबबारे सोधपुछ गरेका मैले देखेँ। चिनियाँ साथीहरुले पाकिस्तानबारे चासो राखेकोमा हामी खुसी छौँ। यस कार्यक्रमबाट चिनियाँहरुले पाकिस्तानबारे राम्रो जानकारी पाउनसक्ने छन् र पाकिस्तानको इतिहासबारे जानकारी लिनसक्ने हाम्रो आशा छ।
यस पटकको पैचिङ अन्तर्राष्ट्रिय पुस्तक मेलामा १०५ मुलुक र क्षेत्रका करिब २ हजार २ सय प्रकाशन कम्पनी सहभागी भएका थिए। तीध्ये विदेशी कम्पनीको संख्या दुई तिहाई रहेको छ। विदेशी प्रकाशन कम्पनीमध्ये विश्वका ५० प्रतिष्ठित कम्पनीमध्ये १३ वटा र “बेल्ट एण्ड रोड” वरिपरिका ५७ मुलुक र क्षेत्र समावेश थिए।
यस पटकको पैचिङ अन्तर्राष्ट्रिय पुस्तक मेला अनलाइन र अफलाइन जोड्ने तरिकामार्फत आयोजना भएको थियो। इन्टरनेट र वास्तविकता बीचको सिमाना पार भएपछि “इन्टरनेट प्लस” युगको श्रेष्ठताको स्थापना गरिएको छ। जसबाट पुस्तक मेलाको डिजिटलाइजेसनसम्म नयाँ परिवर्तन भई पुस्तक मेलाको अन्तर्राष्ट्रिय स्थान उकासिएको छ।