चीनले पश्चिमी लगानीकर्ताहरूका लागि राम्रो व्यापारिक वातावरण उपलब्ध गराएकोः इटालीका युवा विद्वान
हालका वर्षहरूयता चीनले खुलापनलाई विस्तार गर्ने, सेवा स्तरलाई माथि उकास्ने, विदेशी लगानीकर्ताको अधिकारको संरक्षण गर्ने, व्यापारिक वातावरण सुध्रनेआदि कदमहरू सार्वजनिक गरेको छ। उहाँको विश्लेषणअनुसार, चीनले पश्चिमी लगानीकर्ताहरूद्वारा प्रशंसा गरिएको कानूनी प्रणालीको तर्जुमा गरेको छ। उहाँ भन्नुहुन्छ “आजको चीनले कानूनमार्फत लगानीको प्रत्याभूति गर्दैछ। सन् २०२०मा विदेशी लगानी कानून लागू भएपछि चीनको लगानी वातावरण सुध्रिएको छ। चीनले पहिले विदेशी लगानीकर्तालाई प्रवेश गर्न निषेध र अवरोध गर्ने लगानी क्षेत्र रद्द गरेको छ।”
चीनको वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार, चालू वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म चीनले प्रयोग गरेको विदेशी पूंजीका मुलुकबाट हेर्दा “बेल्ट एण्ड रोड” आबद्ध मुलुकहरू र आशियान मुलुकको प्रत्यक्ष लगानी गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले वृद्धि भएको थियो। भेनेसाकाअनुसार, इटाली “बेल्ट एण्ड रोड”मा संलग्न भएको पहिलो पश्चिमी मुलुक हो। इटालियनहरूले चीनको विकासमाथि ध्यान दिन्छन्। भेनेसाले भविष्यमा इटाली र चीनबीचको व्यापारको काम गर्ने योजना बनाउनुभयो। उहाँ भन्नुहुन्छ “मेरो विचारमा दुई मुलुकको सम्बन्ध अझै राम्रो हुने छ। किनभने हामीले एक अर्काबाट सिक्नसक्छौं। दुई मुलुकको गहिरो सँस्कृति छ। “बेल्ट एण्ड रोड”प्रस्तावबाट दुई मुलुकले आर्थिक वृद्धिलाई बढाउनसक्छन्। यो हितकर आर्थिक सम्बन्ध हो। हाल म मिलानमा उद्योग-व्यवसाय ऐन सिक्दैछु। भविष्यमा मैले कम्पनीमा इटाली र चीनबीचको व्यापारिक काम गर्ने योजना बनाएको छु।”