#अल्पसंख्यक जाति# विगत पाँच वर्ष तिब्बती जीडीपीको वृद्धि गति चीनको सरदर स्तरभन्दा बढी
पहिला तिब्बत चीनमा गरिब दर सबैभन्दा बढी, गरिब स्तर सबैभन्दा गहिरो र गरिबी निवारण गर्न सबैभन्दा गाह्रो क्षेत्रहरूमध्येको एक थियो। तिब्बतको शान्तिपूर्ण मुक्त भएको ७० वर्षमा केन्द्रीय सरकारले तिब्बतका लागि धेरै विशेष सुविधा नीतिको तर्जुमा गरेको छ। त्यसमा वित्त, कर तथा बैकिङ, आधारभूत प्रबन्ध, उद्योगको विकास, शिक्षा तथा स्वास्थ्य, संस्कृतिको सुरक्षा, पर्यावरणीय सभ्यता आदि विषय समेटिएका छन्। पठारभूमिको विशेषतायुक्त संस्कृति श्रोत तथा पर्यावरणीय श्रोतको संरक्षण गर्नुका साथै तिब्बतको पठारभूमि विशेषतायुक्त कृषि तथा पशुपालन, पर्यटन तथा संस्कृति, हरित उद्योगलगायत ग्रामीण विकास व्यवसायहरूको पनि राम्ररी विकास गरेको छ। त्यसबारे लीन यीफूले यसरी भन्नुभयो
तिब्बतको प्राकृतिक अवस्था गम्भीर हुनुका साथै आधार पनि गम्जोर छ। सुधार तथा खुलापनदेखि चीनको द्रुत विकासको आधारमा, केन्द्र तथा अरू क्षेत्रको सहयोगमार्फत् आफ्नो श्रेष्ठताको विकास गरेर गरिबको उन्मूलन गरेको छ। चीनक आम्दानी स्तर अझ उकास्नुका साथसाथै पर्यटनसम्बन्धी चाहना तिव्रगतिमा बढ्नेछ। यो भविष्यमा तिब्बती अर्थतन्त्रको विकासमा एउटा महत्वपूर्ण श्रोत हो। साथै तिब्बतको विशेषतायुक्त कृषि तथ पशुपालन श्रोतको चाहनामा पनि अझ तिव्र बढ्नेछ।
तिब्बतको आगामी विकासबारे संसारको तेस्रो ध्रुव मानिएको विशेषतायुक्त उद्योगको विकासमा तिब्बतको निहित शक्ति ज्यादै ठूलो भएर निरन्तर रूपमा चीनको अग्रणी स्थितिमा पर्ने होला भन्ने कुरा लीनन यीफूले प्रकट गर्नुभयो।
सन् २०३५ मा चीन मध्यम विकसित आय स्तरीय देश बनेको बेलामा तिब्बतको आम्दानी मध्यम-विकसित स्तर पुग्ने विश्वास गर्छु। यो शताब्दीको मध्य कालसम्म तिब्बतको आर्थिक विकास गति निरन्तर रूपमा चीनको अग्रणी स्थितिमा पर्ने सम्भावना छ। तिब्बतको आम्दानी स्तर पूरै यूरत्रपको सरदर स्तरभन्दा अझ राम्रो हुने सम्भावना छ।