नेपाली

खेलौना बन्दुकदेखि ओलम्पिक च्याम्पिएनसम्म फाङ वैको कथा-२

criPublished: 2021-08-30 15:08:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

एक दिन बिहान बुवा फाङ यान हुङले फाङ वैलाई लिएर खेलकुद विद्यालयमा शुटिङ प्रशिक्षक चाङ क्वाङ वैसँग भेट गर्छन्। उनीहरुले प्रशिक्षक चाङको कार्यालयमा उनीहरुको विचार व्यक्त गर्छन्। अनि प्रशिक्षक चाङले होचो र सानो फाङ वैलाई देखेर सोध्छन्, “तिमीसँग साइकल छ?”

फाङ यान हुङले तुरुन्तै जवाफ फर्काउँछ, “छ छ, हामीसँग साइकल छ।”

“ठीक छ, भोलि बिहान साढे सात बजे तिमी साइकल चढेर मेरो घरमा आऊ। यो मेरो ठेगाना हो।” प्रशिक्षक चाङले आफ्नो घरको ठेगाना लेखिएको एउटा नोट फाङ वैलाई दिन्छन्। त्यसपछि प्रशिक्षक चाङ उनीहरुसँग कुराकानी नगरी काममा फर्कन्छन्।

फाङ यान हुङ फाङ वैको हात समातेर बाहिर निस्कन्छन्। घर फर्कँदा बाटोमा फाङ यान हुङले हिँड्दै भनेका थिए, प्रशिक्षक चाङ एक अनौठो मान्छे हुन्।

दोस्रो दिन बिहान सानो फाङ वै बुवाको साइकल चढेर प्रशिक्षक चाङको घर बाहिर पर्खन्छन्। ठ्याकै साढे सात बजे प्रशिक्षक चाङ घरबाट निस्कन्छन्।

“हामी खेलकुद विद्यालय जाऔं, तिमी मलाई साइकलमा राखेर त्यहाँसम्म पुर्‍याउ”यसरी प्रशिक्षक चाङले आदेश दिएका थिए।

सानो फाङ वैले भर्खरै साइकल चढ्न सिकेका थिए, कहिल्यै पनि अरुलाई लिफ्ट दिएका थिएनन्, झन् ठूलो मानिसलाई कसरी लैजाने? फाङ वैले आँखा झिम्काएर प्रशिक्षक चाङलाई शंकास्पद रुपमा हेर्छन् र प्रशिक्षकले ठट्टा गर्नुभएको हो की भनी सोच्छन्।

तर प्रशिक्षक चाङले फाङ वै नहिँडेको देखेर उनलाई छिटो जाऔँ भन्छन्।

फाङ वै तुरुन्तै साइकल चढी प्रशिक्षकलाई पछाडिको सिटमा बस्नलाई भन्छन्। प्रशिक्षक चाङ छिटै दौडेर उफ्रिएर साइकलको पछाडिको सीटमा बस्छन्। साइकलको सन्तुलन गुमाएपछि फाङ वै साइकलबाट झण्डै लड्न लागेको बेला उनले तुरुन्तै ठूलो बल लगाएर साइकललाई सन्तुलनमा राख्छन्। बिहानको पाउ तिङ शहरको सडकमा निम्न हास्यास्पद दृश्य देखिएको थियो, एउटा केटा दु:ख गरी एउटा ठूलो साइकल चढिरहेका थिए, उनका पछाडि एक जना बलियो पुरुष बसिरहेका थिए।

एक किलोमिटरको दूरी नकाटे तापनि फाङ वैको अनुहारमा पसिना आएको थियो। यस बेला अगाडि उकालो देखिएको थियो। फाङ वैले धेरै दु:ख मानेका थिए। प्रशिक्षक चाङले के गर्नखोजेका थिए फाङ वैले थाहा छैन, तर उहाँलाई सोध्न लाज मानेका थिए। उकालोमा चढ्दा फाङ वैलाई धेरै थकाई लाग्यो। अन्त्यमा उनले भने, प्रशिक्षक जी, तपाईँ धेरै गह्रुङ्गो हुनुहुन्छ।

प्रशिक्षक चाङले पछाडिबाट उत्तर दिए, तिमीले सधैँ उकालोमा हेरेको कारण थकाई लागेको हो। तिमीले मिहिनेतसँग माथि नहेरिकन चलायौ भने प्राकृतिक रुपमा उकालो काट्ने छौ।

फाङ वैसँग उपाय थिएन, बाध्य भएर साइकल चढेर नै उकालो कटाउँछन्।

खेलकुद विद्यालय पुगेपछि फाङ वैले अहिले साँचो बन्दुक चलाउनसक्छु भन्ने विचार गरेका थिए। तथापि प्रशिक्षक चाङले फाङ वैलाई एउटा कुनामा लगी चार वटा इँट उनको हातमा राखिदिन्छन्। प्रशिक्षक चाङले भूईंमा दुई वटा इँटलाई सिधा राखेर फाङ वैलाई त्यसमाथि उभिन आदेश दिन्छन्। फाङ वैले सिधा राखिएको इँटमा उभिएपछि शरीरको सन्तुलन गुमाउन पुग्छन्।

“तिम्रा पाखुरा सिधा हुनुपर्छ।”भन्दै प्रशिक्षक चाङले फाङ वैलाई पाखुरा सिधा गर्ने आदेश दिएर बाँकी दुईवटा इँट उनको हातमा राखिदिन्छन्। “ठीक छ, यस्तै गर्नुपर्छ। मेरो अनुमति नपाउञ्जेलसम्म तिमी यसरी नै बस्नु।”

फाङ वैलाई यसरी आदेश दिएपछि प्रशिक्षक चाङ अरु कामका लागि निस्केका थिए। सानो फाङ वैले कहिल्यै यस्तो दु:ख भोगेका थिएनन्, दश मिनेटपछि उनका दुईटा खुट्टा हल्लेका थिए भने दुईटा पाखुरा पनि धेरै दु:खेको थियो।

Share this story on

Messenger Pinterest LinkedIn