नेपाली

चीनको विद्युतीय कार उद्योग सबैभन्दा राम्रो युगमा

criPublished: 2021-08-12 09:31:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यस वर्ष चीनको नयाँ विद्युतीय कार उद्योग द्रूत विकसित बाटोमा प्रवेश गरेको छ। यस वर्षको पूर्वार्धमा नयाँ विद्युतीय कारको उत्पादन तथा विक्री तथ्याङ्क १२ लाखभन्दा माथि पुगेको छ। हालै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत राजनीतिक व्युरोले बैठकको आयोजना गर्दै नयाँ विद्युतीय कारको विकासलाई प्रवर्द्धन गर्नका लागि स्वदेशी बजारमूलक संचिति शक्ति सिर्जना गर्न आग्रह गरेको छ। विश्लेषणका अनुसार नयाँ विद्युतीय कारको विकास सबैभन्दा राम्रो युगमा प्रवेश गरेको देखिन्छ।

यस वर्षको पूर्वार्धमा नयाँ विद्युतीय कारको उत्पादन तथा विक्री मात्रा उल्लेखनीय देखिएको छ। धेरै कार उत्पादनकर्ताका अनुसार यस वर्षको पूर्वार्धको कार विक्री मात्रा गत वर्षको कूल मात्राभन्दा धेरै भएको छ। चीन कार उद्योग परिषदद्वारा सार्वजनिक तथ्याङ्कअनुसार अघिल्ला छ महिनामा नयाँ विद्युतीय कारको उत्पादन र विक्री मात्रा बेग्ला बेग्लै रुपमा १२ लाख १५ हजार र १२ लाख ६ हजार रहेको छ र यो गत वर्षको सोही अवधिको तुलनामा दुई गुणाले बढेको छ। चीन कार उद्योग परिषदका उप महासचिव छन श व्हाका अनुसार, हाल विभिन्न मुलुकका विभिन्न उद्योगहरुले विद्युतको किफायत तथा वातावरणको संरक्षणलाई प्रवर्द्धन गरिरहेका छन्। कार उद्योगको वर्तमान मुख्य काम नयाँ विद्युतीय कारतर्फ परिवर्तन हुनु हो। चीनको कार उद्योगले मुख्य गरी नयाँ विद्युतीय कारको विकासलाई जोड दिँदै छ।

《नयाँ विद्युतीय कार उद्योग विकास परियोजना(2021-2035)》का अनुसार सन् २०२५ सम्म नयाँ विद्युतीय कारको विक्री मात्रा कारको कूल विक्री मात्राको २० प्रतिशतसम्म पुग्ने लक्ष्य राखेको छ। यस वर्षको पूर्वार्धसम्म उक्त लक्ष्यको आधासम्म पुगिसकेको छ। यसप्रति चीन कार इन्जिनियरिङ समितिका उप महासचिव हौ फू शनले जानकारी दिनुभएअनुसार उपभोक्तालाई प्रोत्साहन गर्नका लागि केही सहुलियत नीति वा सब्सिडीको सट्टामा उपभोक्ताको स्वैच्छिक खरिद अझै महत्वपूर्ण छ। त्यसैले एउटै स्तरमा इन्धन कारको तुलनामा नयाँ विद्युतीय कारको क्षमता र मूल्यसँग उत्कृष्ट प्रतिस्पर्धा शक्ति रहेको छ।

गत जुलाईमा चीनको नयाँ विद्युतीय कारको नयाँ शक्ति अर्थात् स्मार्ट इलेक्ट्रिक कार ब्रान्ड वी लाइको पहिलो ब्याच कार शाङ्हाईबाट नर्वेतर्फ निर्यात गरेको छ। यी कारहरु आउने सेप्टेम्बरदेखि नर्वेमा खुला रुपमा विक्री हुने छन्। यसप्रति वी लाइ व्यवसायको प्रचारप्रसार निर्देशक मा लिनका अनुसार नर्वेले सन् २०२५ सम्म कार्बन उत्सर्जन गर्ने कारको विक्री प्रतिबन्ध गर्ने योजना बनाएको छ। उक्त योजना विश्वमा अग्रणी देखिन्छ। यदि वी लाइले यस्तो बजारमा राम्रो उपलब्धि पाउन सकेमा अन्तर्राष्ट्रियकरण प्रक्रियाका लागि राम्रो आधार सिर्जना गर्ने छ।

सम्बन्धी तथ्याङ्कअनुसार, यस वर्षको अघिल्ला छ महिनामा चीनको नयाँ विद्युतीय कारको कूल निर्यात मात्रा ८२ हजार पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ३४२ प्रतिशतले बढेको छ। नसर्यात गरिने नयाँ विद्युतीय कार चीनको कार उद्योगको एक महत्वपूर्ण शक्ति बन्ने छ।

Share this story on

Messenger Pinterest LinkedIn