इजिप्टमा ऊशु सिकाउने चिनियाँ युवा
मा हुँऊले इजिप्टको विभिन्न क्षेत्रका व्यक्तिहरूसँग आदान-प्रदान गर्दा उनीहरूको उत्साहको अनुभव गर्नुका साथै चीनले छोटो समयमा अर्थतन्त्र, संस्कृति, शिक्षा, विज्ञानआदि क्षेत्रहरूमा प्राप्त गरेको तिब्र विकासप्रति उनीहरूको सम्मानको अनुभाव गरेका छन्। इजिप्टका अझै धेरै व्यक्तिहरूले चिनियाँ भाषा सिक्ने, अध्ययन वा काम गर्न चीन जाने आशा लिन्छन्।
हाल कोइरो चीन सांस्कृतिक केन्द्रमा मा हुँऊको काम सम्पन्न भएको छ। विगत पाँच वर्षमा उहाँको काम र अनुभावबारे सिंहावलोकन गर्दै उहाँले यो एक सुन्दर स्मृत्ति भएको बताउनुभयो। उहाँ भन्नुहुन्छ “विगत पाँच वर्षमा मेरो काम साहसपूर्ण, आश्चर्यजक र चुनौतिपूर्ण थियो। विगत पाँच वर्षको अनुभवले आगामी दिन मेरो कामका लागि अझै धेरै अनुभव ल्याउनेछ।”