१८औं चीन आशियान एक्स्पो क्वाङ सीमा हुने
चीन अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन समितिका उपप्रमुख चाङ शाओ काङका अनुसार यस महत्वपूर्ण अवधिमा १८औं चीन आशियान वाणिज्य मामिला तथा लगानी शिखर सम्मेलनको सफल संयोजनले नयाँ परिस्थितिमा चीन र आशियानका उद्योग वाणिज्य क्षेत्रबीचको प्रभावकारी सहयोगलाई मजबुत बनाउनका लागि सक्रिय प्रवर्द्धन भूमिका सिर्जना गर्ने छ।
चीन र आशियानबीचको भावी सहयोगको महत्वपूर्ण विषयको सम्बन्धमा चीन वाणिज्य मन्त्रालयका सहायक मन्त्री रुन हुङ पिनले जानकारी दिनुभएअनुसार महामारीको रोकथाम सम्बन्धी सहयोग र क्षेत्रीय अर्थतन्त्रको एकीकरणको प्रवर्द्धनबाहेक व्यापार तथा लगानी सहयोगलाई लगातार विस्तार गर्ने छ। चीनले निरन्तर रुपमा आशियानबाट श्रेष्ठ कृषि उत्पादन वस्तुको आयातलाई विस्तार गर्नुका साथै आशियानका लागि चिनियाँ व्यवसायको लगानीलाई समर्थन दिँदै जाने छ।