#अल्पसंख्यक जाति# सछ्वान-तिब्बत रेल तिब्बती सर्वसाधारण धनी बन्न सहयोगी
यो दक्षिण-पूर्वी तिब्बती शहर लिन्चीबाट ल्हासासम्मको रेलमार्ग सछ्वान-तिब्बत रेलको महत्वपूर्ण भाग पनि हो। यो रेलमार्गले तिब्बतको दक्षिण-पूर्वी क्षेत्रमा रेल नभएको इतिहासको अन्त गरेको छ।
यो रेलमार्गमा आवतजावत हुने “फुसिङ” रेल चीनबाट स्वतन्त्रित रूपमा अनुसन्धान र विकास गरिएको आधुनिक विद्युतीय उच्च गतिको रेल हो।
उक्त रेलको गति १६०किमी प्रतिघण्टा छ। चिनियाँ उच्चगति रेलको सर्वोच्च गतिको तुलनामा द्रुत होइन। तर कठिन र जटिल पहाडी क्षेत्रमा यस्तो गति पनि छिटो हो। पठारभूमिको पहाडी क्षेत्रमा रेलको निर्माण गर्न रेल मात्र नभई सुरूङ र पुल पनि चाहिन्छ। पूरै रेलमार्गमा कुल ४७ सुरूङ र १२१ पुल छन्।
हाल यो रेलमा ल्हासा, शाननान, शिगाचेलगायत नौ स्टेशन छन्।
सबैलाई थाहा छ, वर्तमान चीनको रेल विश्वको अग्र स्थानमा रहनुका साथै तीव्र गतिले विकासित हुँदैछ। रेलले तिब्बती जनतालाई फाइदा पुर्याउनुका साथै क्षेत्रीय समृद्धि र ग्रामीण विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ।