नेपाली

सी त जिल्लाको टिमुर गरिबी मुक्तिको नयाँ व्यवसाय

criPublished: 2021-07-09 10:57:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विगत वर्षहरूमा सी त जिल्लाले नब्बे वटा टिमुर कृषि व्यवसायको नमूना आधार क्षेत्रको निर्माणमा ४ करोड ८० लाख चिनियाँ युआन लगाएको थियो। टिमुरको रोपाई क्षेत्रफल ४० हजार मू अर्थात् २६६६.६७ हेक्टर छ। सन् २०१९मा सी त जिल्लाको टिमुरको उत्पादित मात्रा १४०४ टन पुगेको थियो भने उत्पादित रकम २२ करोड ४० लाख चिनियाँ युआन थियो।

यसका साथै सी त जिल्लाले टिमुर व्यवसाय श्रृंखलाको विकास गर्न प्रयास गरेको छ। सन् २०१८मा सी त जिल्ला क्वाङ खो नामक कृषि कम्पनी लिमिटेडको स्थापना भयो। तीन वर्षयता कम्पनीले टिमुरको रोपाईलाई विस्तार गर्नुका साथै टिमुरको प्रशोधन व्यवसायको विकास गरेको छ। हालसम्म यो कम्पनीका बीस वटाभन्दा बढी विशेष उत्पादित वस्तु बजारतर्फ बिक्री गरिएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn