नेपाली

प्यालेष्टाइनको एलकुज विश्वविद्यालयका चिनियाँ भाषा सिकाउने युवा शिक्षकको सपना

criPublished: 2021-06-07 14:35:19
Share
Share this with Close
Messenger Pinterest LinkedIn

प्यालेष्टाइनको एलकुज विश्वविद्यालय जेरुसलमको पूर्वी कछाड क्षेत्रमा अवस्थित छ। एलकुज विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्यूटमा चिनियाँ भाषा सिकाउने युवा शिक्षक यी फै च्याङ सी नर्मल विश्वविद्यालयका शिक्षक हुन्। उनले अनलाइनमार्फत् चिनियाँ भाषा सिकाउनुका साथै छोटो भिडियोमार्फत चिनियाँ संस्कृतिको प्रचार-प्रसार गरेका छन्। उनले बनाएका छोटो भिडियोहरुलाई अरु शिक्षक र विद्यार्थीहरुले मन पराएका छन्। उनले छोटो भिडियोमार्फत स्थानिय बासिन्दाहरुले चिनियाँ संस्कृतिबारे जानकारी लिनसक्ने आशा राखेका छन्।

३८ वर्षीय यी फै बाल्यकालदेखि नै शिक्षक बन्न चाहेका थिए। तर विदेशमा शिक्षक बन्ने उनले सोचेका थिएनन्। स्नातक र स्नातकोत्तरमा उनले रसायन विज्ञान पढेका थिए, पैचिङ ओप्राप्रति उनको चासो थियो। च्याङ सी नर्मल विश्वविद्यालयमा उनले पैचिङ ओप्रा सम्बन्धी विद्यार्थी समूह संचालन गरेका थिए। सन् २०१० मा उनले यस समूहलाई डोर्‍याएर विदेशमा सांस्कृतिक आदान-प्रदान गरेका थिए। स्थानीय बासिन्दाहरुले पैचिङ ओप्रा मन पराएको देखेर उनले विदेशमा चिनियाँ भाषा सिकाउने शिक्षक बन्ने विचार गरेका थिए। सम्बन्धित परीक्षा र तालिम पास गरी मडागास्करमा चिनियाँ भाषा सिकाउने शिक्षक बनेका थिए र त्यहाँ पाँच वर्षसम्म बसेका थिए।

यी पाँच वर्षहरूको अनुभव मलाई चित्त बुझ्दोलागेको छ। मैले विद्यार्थीहरुलाई पैचिङ ओप्रा सिकाउँदा उनीहरुले तुरुन्तै मन पराएर राम्रोसँग सिकेका थिए, जसले मलाई धेरै खुसी बनायो। केही विद्यार्थीहरुले पैचिङ ओप्रामार्फत कला प्रतियोगितामा उत्कृष्ट उपलब्धि हासिल गरेकोमा मलाई गौरव लागेको छ।

चिनियाँ भाषा प्रशिक्षण कार्यप्रति उत्साह भएको कारण यी फैले सन् २०१९ को सेप्टेम्बरमा आफ्नी श्रीमती र २ वर्षीय छोरीलाई छोडेर प्यालेष्टाइनको एलकुज विश्वविद्यालयमा चिनियाँ भाषा सिकाउन थालेका थिए।

यो कठिन ठाउँ हो साथै युद्धकालीन क्षेत्र पनि हो। धेरै आवश्यक सामान पाइँदैन। उदाहरणका लागि धेरै फलफूल यहाँ पाइँदैन। यहाँका सामानहरु पनि एकदम महंगा छन्।

प्यालेष्टाइनमा रुढीवादी प्रचलन भएकाले यी फैले चिनियाँ भाषा र चिनियाँ संस्कृतिको प्रचार-प्रसार क्षेत्रमा केही कठिनाई भेटेका थिए। तथापि उनले कठिनाईलाई जित्न धेरै कोसिस गरेका छन्। उनले छोटो भिडियोमार्फत चिनियाँ संस्कृतिबारे जानकारी दिएका छन्। उनले अरु केही चिनियाँ शिक्षकहरुसँग स्थानीय नृत्य सिकेर छोटो भिडियो बनाएका छन्। जसले धेरै स्थानीय बासिन्दालाई आकर्षित गरेको छ। केही विद्यार्थीहरुले चिनियाँ भाषा सिक्ने चासो गरेका छन्।

वर्तमान युगका विद्यार्थीहरुले छोटो भिडियो हेर्न मन पराउँछन्। हामीले स्थानीय संस्कृतिको अनुभव गरी भिडियोबाट स्थानिय बासिन्दाहरुलाई देखाउने सोच-विचार गरेका थियौं। त्यसपछि हामीले फुर्सदमा स्थानीय नृत्य सिकेर र यहाँ भिडियो बनाएका थियौं। सो भिडियो इन्टरनेटमा राखिएपछि धेरै शिक्षक र विद्यार्थीहरुलाई मन पर्यो। जसबाट उनीहरुले यहाँ केही चिनियाँ शिक्षक रहेको थाहा पाए।

एलकुज विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्यूटको कक्षा बाहेक, यी फैले उत्कृष्ट विद्यार्थीहरु छानेर चिनियाँ भाषा प्रशिक्षण लगायत कार्यक्रमहरु बनाएर इन्टरनेटमा राख्ने गरेका छन्, जसबाट अरु बढी प्यालेष्टिनीहरुले चिनियाँ संस्कृतिबारे जानकारी लिएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn