धनी बन्ने बाटोमा हिँड्दै युगुर जातीय युवा
माइमाइथीआइली थुलुसुनलाई कम्पनीको स्थापना गर्न उनका नातेदारहरूले पैसा उधारो दिएका छन्। शा छ जिल्लाको रोजगार विभागले पनि उनलाई दुई हजार चिनियाँ युआनको स्वरोजगार भत्ता रकम दिएको छ। उनले बस्तीमा रहेका एक-एक रेस्टुराँका मालिकसँग छलफल गरे। उनी भन्छन् “मैले पहिलो पटक एक रेस्टुराँका मालिकलाई भेटेर यसो भनेँ, ऊरुमुछी र धेरै जिल्लामा घरघरमा सेवा दिने कम्पनी छैन। तपाईँको रेस्टुराँ निकै राम्रो छ। मैले यो सेवामार्फत तपाईँको रेस्टुराँका खानालाई किसान, गाउँका कर्मचारीसम्म लैजाने छु। के तपाईँ मेरो कम्पनीसँग ठेक्का पत्रमा हस्ताक्षर गर्न इच्छुक हुनुहुन्छ? ग्राहकहरूले तपाईँको रेस्टुराँबाट खाना अर्डर गरेपछि हामीले उक्त खानालाई ग्राहकका हातसम्म पुर्याउनसक्छौं। केही रेस्टुराँका मालिकले ठेक्का पत्रमा हस्ताक्षर गर्न स्वीकार गरेका छन्। केहीले अस्वीकार गरेका छन्। विस्तरैविस्तारै मेरो कम्पनीले विश्वसनीयता प्राप्त गरेपछि धेरै रेस्टुराँले ठेक्का पत्रमा हस्ताक्षर गर्ने छन्।”
आफ्नो प्रयास र सबैजनाको सहयोग र समर्थनबाट माइमाइथीआइली थुलुसुनले आठ जना कर्मचारी भर्ना गरी आफ्नो कम्पनीमार्फत् उ खाना पुर्याउने सेवा प्रदान गर्न थालेका छन्।