नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

चिनियाँ कम्पनीद्वारा चक्रपथमा सञ्चालन हुने मोनोरेलको डीपीआर तयार

2020-01-05 18:34:00

    यातायात प्रणालीलाई व्यवस्थित र दीर्घकालीन बनाउन पनि रेलको आवश्यकता भइसकेको ट्राफिक इन्जिनियर आशीष गजुरेल बताउनुहुन्छ। काठमाडौं उपत्यकामा मोनो र मेट्रो रेल सञ्चालनका लागि डीपीआर तयार हुँदै छ। काठमाडौं र ललितपुर महानगरपालिकाले चक्रपथमा मोनोरेल तथा लगानी बोर्ड धुलिखेल -नागढुंगा र रेल विभागले बूढानिलकण्ठ -नारायणगोपाल चोक -रत्नपार्क -सातदोबाटो -खोकना खण्डमा मेट्रो रेल सञ्चालनका लागि डीपीआर तयार गरिरहेका छन्।

    अन्य सार्वजनिक यातायातको तुलनामा रेल यातायात खर्चिलो हुन्छ। रेल सञ्चालनसँगै पूर्वाधार निर्माण पनि खर्चिलो हुने इन्जिनियर गजुरेल बताउनुहुन्छ। यातायात प्रणालीलाई किफायती तथा दीर्घकालीन आर्थिक उन्नतीका लागि रेल अपरिहार्य भएको उहाँको भनाइ छ। 

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान