चितवन हात्ती महोत्सव अन्तर्गत हिजो बिहिबार सौराहामा फरक दृष्य हेर्न पाइयो।
इलाम सदरमुकामसँग तराई झापा जोड्ने द्रुतमार्ग सञ्चालनमा आएको छ। इलाम भञ्ज्याङदेखि दानाबारी हुँदै झापाको विर्तामोड जोड्ने सडक सञ्चालनमा आएको हो।
वैदेशिक व्यापारमा नेपालले विभिन्न २७ मुलुकसँगमात्र नाफा गर्ने गरेको पाइएको छ भने ११२ मुलुकसँगको व्यापार भने घाटामा रहेको पाइएको छ। नेपालले कुल १३९ वटा मुलुकसँग व्यापार गर्ने गरेकोमा चालू आर्थिक वर्षको पाँच महिनामा २७ वटा मुलुकसँग व्यापार नाफामा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख भएको कारोबार अनलाइनले लेखेको छ।
नेपाल र चीन जोड्ने तातोपानी नाकाबाट नेपाल भित्रिएका चिनियाँ अधिकारीलाई स्वागत गर्दै सिन्धुपाल्चोकमा भ्रमण वर्ष-२०२० शुभारम्भ गरिएको छ। पर्यटक बनेर आएका तिब्बतका अधिकारीलाई नाकामा भव्य स्वागत गर्दै भ्रमण वर्षको सुरुआत गरिएको नागरिक अनलाइनले लेखेको छ।