मध्य पूर्वी क्षेत्रका सम्बन्धित पक्षहरुले क्षेत्रीय समष्टिगत सुरक्षा जोखिमबाट जोगिन चीनको आह्वान
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नोभेम्बर २५ तारिख नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुद्वारा सोधिएका मध्य पूर्वी क्षेत्रको परिस्थिति सम्बन्धी प्रश्नको जवाफ दिनुभएको छ। उहाँका अनुसार वर्तमान मध्य पूर्वी क्षेत्रको परिस्थिति निकै तनावपूर्ण देखिन्छ। सम्बन्धित विभिन्न पक्षहरुले यस क्षेत्रको समष्टिगत सुरक्षाको जोखिमबाट जोगिन गर्नुपर्ने चीनको आह्वान छ। अन्तर्राष्ट्रिय समाज विशेष गरी प्रभावित शक्तिसहित ठूला राष्ट्रहरुले खास गरी रचनात्मक भूमिका निर्वाह गर्दै क्षेत्रीय तनावपूर्ण परिस्थितिलाई शिथिल पार्न आवश्यक पूर्वधार सिर्जना गर्नुपर्छ। चीनले निरन्तर रुपमा आफ्नो शक्तिले क्षेत्रीय शान्ति तथा स्थिरताका लागि प्रयास गर्दै जानेछ।