नेपाली

संयुक्त राष्ट्र संघीय जलवायु परिर्वतन बाकु सम्मेलनका सहमति

criPublished: 2024-11-25 19:11:40
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन प्रारुप सन्धिको २९ औँ सम्मेलन अजरबैजानको राजधानी बाकुमा सम्पन्न भएको छ। यसबारेमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नोभेम्बर २५ तारिख आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभए अनुसार दुई हप्ताको कठिन वार्तापछि सम्बन्धित विभिन्न पक्षहरुले जलवायु कोषको सामूहिक परिमाणीकरण सम्बन्धी नयाँ लक्ष्य,पेरिस सम्झौताको छैटौँ विषयलाई व्यवहारमा उतार्ने खास समस्या आदि विषयमा सहमति प्राप्त गरेका छन्। यस सम्मेलनको उपलब्धि साझा भएतापनि भिन्नता रहेको जिम्मेवार भन्ने सिद्धान्त र जलवायु परिवर्तनको सामना गर्ने ग्लोबल साझा प्रयास प्रतिबिन्बित भएको छ।

जलवायु कोष विकासोम्मुख मुलुकहरुद्वारा जलवायु परिवर्तन सामना गर्ने महत्वपूर्ण समर्थन हो। विकसित मुलुकहरुले खास गरी विकासोम्मुख मुलुकहरुलाई पूँजी समर्थन प्रदान गर्ने कर्तव्य र जिम्मेवारी वहन गर्न चीनले आह्वान गरेको छ। चीनले निरन्तर रुपमा दक्षिण-दक्षिण सहयोगलाई मजबुत बनाउँदै अन्य विकासोम्मुख मुलुकहरुद्वारा जलवायु परिवर्तनको सामना गर्नेमा सक्दो समर्थन दिँदै जाने छ।

Share this story on

Messenger Pinterest LinkedIn