नेपाली

हङकङको विकास र "एक देश, दुई प्रणाली" को लाभांश साझा गर्न सबै देशका प्रतिभालाई चीनद्वारा स्वागत

criPublished: 2024-11-25 16:49:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर २५ तारिख चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता माउ निङले पत्रकारसँग कुरकानी गर्नुभएको छ। सो अवसरमा नोभेम्बर १८ देखि २० तारिखसम्म हङकङमा अन्तर्राष्ट्रिय वित्तीय नेताको लगानी शिखर सम्मेलनको सफलताका साथ आयोजना गरिएको विषय र नोभेम्बर २२ देखि २३ तारिखसम्म अन्तर्राष्ट्रिय वित्तीय मञ्चको ग्लोबल वार्षिक बैठक पहिलो पटक हङकङमा सम्पन्न भएको बारेमा उहाँले पत्रकारका प्रश्नको जवाफ दिनुभयो। ती दुई कार्यक्रमले विश्वका धेरै मुलुक र क्षेत्रका वित्तीय संस्थाका प्रमुख तथा वित्तीय संस्थाका प्रमुखलाई आकर्षित गर्नुका साथै व्यापक ध्यान तानेको विषयमा चीनको परराष्ट्रमन्त्रालयले आफ्नो धारणा स्पष्ट पारेको हो।

प्रवक्ता माउ निङले यो अन्तर्राष्ट्रिय वित्तीय केन्द्रका रूपमा रहेको हङकङको स्थिति, व्यापारिक वातावरण र विकास सम्भावनामा अन्तर्राष्ट्रिय समुदायबाट दिइएको विश्वासको मत रहेको भन्दै अभ्यासले प्रमाणित गरेको छ कि "एक देश, दुई प्रणाली" को संरक्षण, देशको बलियो समर्थन र समाजका सबै क्षेत्रको संयुक्त प्रयासका साथ हङकङले दीर्घकालीन समृद्धि र स्थिरता कायम राख्न र अन्तर्राष्ट्रिय वित्तीय केन्द्रका रूपमा रहेको आफ्नो भूमिका अझ राम्रोसँग निर्वाह गर्न सक्ने उल्लेख गर्नुभयो। हङकङको विकास र "एक देश, दुई प्रणाली" को लाभांश साझा गर्न सबै देशका प्रतिभालाई स्वागत गरेको पनि उहाँले उल्लेख गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn