नेपाली

कोप-२९ सम्पन्न

criPublished: 2024-11-24 16:42:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर २४ तारिख सबेरै संयुक्त राष्ट्र संघ जलवायु परिवर्तन प्रारूप सन्धिको २९औँ संस्थापक पक्ष सम्मेलन (कोप-२९) ३० घण्टासम्म लम्ब्याइएपछि सम्पन्न भएको छ। सम्मेलनले जलवायु सम्बन्धी पूँजी जुट्टाइने नयाँ मात्रा (एनसीक्युजी) र “पेरिस सम्झौता”को छैठौँ बुँदा अर्थात् अन्तर्राष्ट्रिय कार्बन बजारमूलक व्यवस्था लगायतका महत्वपूर्ण विषयहरूबारे “बाकु जलवायु एकता सम्झौता” शीर्षकको एकमुष्ट उपलब्धि प्राप्त गरेको छ।

यसबाहेक, उक्त सम्मेलनले जलवायु परिवर्तन सम्बन्धी कार्य-योजनालाई शिथिल पार्ने र जलवायु परिवर्तन अनुकूल हुने विश्वव्यापी लक्ष्य आदि विषयबारे बन्दोबस्त मिलाउनुका साथै पुरै विश्व हरित र कम-कार्बन परिणत हुने सकारात्मक प्रवृत्तिलाई सुदृढ पारेको छ।

कोप-२९ चिनियाँ प्रतिनिधि मण्डलका प्रमुख एवम् पर्यावरणीय वातावरण उपमन्त्री चाउ यिङ मिनले समापन समारोहको पूर्ण बैठकलाई सम्बोधन गर्दै मानव जाति भाग्य एकरूपता भएकाले जलवायु सङ्कटको सामना गर्दा सबैले एकताबद्ध भएर सहकार्य गर्दै संयुक्त रूपमा सम्बद्ध समस्याहरूको समाधान गर्नुपर्ने औँल्याउनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn