नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र ब्राजिली राष्ट्रपतिद्वारा पत्रकारसँग भेट

criPublished: 2024-11-21 10:12:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयअनुसार नोभेम्बर २० तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र ब्राजिली राष्ट्रपति लुलाले भेटवार्ता गरेपछि सँयुक्त रुपमा पत्रकारहरुसँग भेट गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले वर्तमान संसार अशान्त रहेको भन्नुहुँदै साझा, मिलिजुली,सहयोगात्मक, दिगो सुरक्षा विचारधारालाई पालना गरेमा मात्रै एक सामान्य सुरक्षा बाटोमा लाग्नसकिने बताउनुभएको छ। ब्राजिलसँग आपसी साझा भविष्यको समुदायलाई प्रचुर बनाउँदै अझ सुन्दर विश्वको सँयुक्त निर्माण गर्दैजान चीनले आशा गरेको राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ।

राष्ट्रपति लुलाका अनुसार चीन नै ब्राजिलको सबैभन्दा महत्वपूर्ण व्यापार तथा लगानी साझेदारी हो। यी दुबै राष्ट्रहरुले सँयुक्त राष्ट्रसँघ,जी २० समूह,ब्रिक्स आदी बहुपक्षीय सँयन्त्रमा घनिष्ट सम्पर्क राख्दै शान्त माध्यमले चर्चित समस्याको समाधान गर्ने छन्। राष्ट्राध्यक्ष सीको यस ब्रजिल भ्रमणले ब्राजिल र चीनबीचको सम्बन्धमा नयाँ ऐतिहासिक अध्याय सिर्जना गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn