चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सेली राष्ट्रपति म्याक्रोनद्वारा प्रदर्शनीका लागि भूमिका
“चीन-थाङ---एक बहुपक्षीय वंश” शीर्षकको प्रदर्शनी नोभेम्बर १८ तारिखदेखि फ्रान्सेली गुइमेट नेशनल कला सङग्रहालयमा शुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बेग्लाबेग्लै गरी प्रदर्शनीका लागि भूमिका लेख्नुभएको छ।
राष्ट्राध्यक्ष सीले यस प्रदर्शनीमार्फत फ्रान्स र युरोपका आगन्तुकहरूले प्राचीन थाङ वंशकालको मनोरञ्जनात्मक र समृद्ध वातावरणको अवलोकन गर्नुका साथै चिनियाँ सभ्यताको विशेषताको पनि अनुभव गर्नसक्ने विश्वास व्यक्त गर्नुभएको छ।
राष्ट्रपति म्याक्रोनले औँल्याउनुभयो, ‘यस ऐतिहासिक अर्थ बोकेको प्रदर्शनीबाट के प्रमाणित भएको छ भने फ्रान्स-चीन सांस्कृतिक आदानप्रदानले निरन्तर रूपमा दुवै देशबीचको सम्बन्धका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै जानेछ।’