मिलेर अगाडि बढौँ ! ग्लोबल साउथका देशहरूमा युवाहरूका लागि मिडिया कार्य रियो दि जेनेरियोमा सुरु
नोभेम्बर १८ तारिख सीएमजीले जी २० युवा शिखर सम्मेलन र ब्राजिलको राष्ट्रपतीय भवनको महासचिवको संयोजनमा "ग्लोबल साउथ" मा युवाहरूका लागि मिडिया कार्यको थालनी गर्नुका साथै ७४ देशहरूका २१५ मिडिया आउटलेटहरू सँगसँगै “‘ग्लोबल साउथ’ देशहरूका मिडियाहरू मानवजातिका लागि साझा भविष्यको समुदाय निर्माण गर्न पहल”सार्वजनिक गरेको छ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री एवम् सीएमजीका निर्देशक शन हाइस्योङ, ब्राजिलको राष्ट्रपति भवनका राष्ट्रिय युवा महासचिव दोस सान्तोस, इबेरो अमेरिकाको अन्तर्राष्ट्रिय युवा संगठनका महासचिव ट्रेजो उद्घाटन समारोहमा उपस्थित हुँदै सम्बोधन गर्नुभएको छ। श्रीलंकाका प्रधानमन्त्री अमरसूर्यालगायत अन्य धेरै महानुभावहरू र अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरूले पनि बधाई पत्र र भिडियो सन्देश पठाउनुभएको छ। कार्यक्रममा ब्राजिल, अर्जेन्टिना, मेक्सिको र अन्य देशका राजनीतिक, सञ्चारमाध्यम, सांस्कृतिक र खेलकुद सर्कल, थिङ्क ट्याङ्क, एकेडेमिया, र व्यापारिक सर्कलका प्रतिनिधिहरू सहित करिब २०० व्यक्तिहरू सहभागी थिए।