विश्वव्यापी शासन "रियो समय" मा प्रवेश र 'ग्लोबल साउथ'मा 'चीनको जवाफ'
चीनका राष्ट्राध्यक्ष सी चिनफिङको दृष्टिकोणमा, “जी-२० का सबै सदस्य राष्ट्र विश्व र क्षेत्रका ठूला देश हुन् र उनीहरुले ठूला देशको जिम्मेवारी वहन गरेर अनुकरणीय भूमिका खेल्दै सबै देशको विकास, मानव जातिको हित र विश्वको प्रगतिको खोजी गर्नुपर्दछ।” चाइना मिडिया ग्रुप अन्तर्गत सीजीटीएनले विश्वभरका नेटिजेन्सबाट लिएको सर्वेक्षणका अनुसार उत्तरदाताहरूले राष्ट्राध्यक्ष सीको उक्त विचारमाथि अत्यधिक सहमति जनाउनुका साथै विश्व आर्थिक वृद्धि र विश्वव्यापी आर्थिक शासनको सुधारमा चीनको सकारात्मक योगदानको सक्रिय मूल्याङ्कन गरेका छन्।
सर्वेक्षणमा ८०.९ प्रतिशत उत्तरदाताले जी-२० बहुपक्षीय सहयोगलाई सबल पार्ने र विकासका अवसर बाँड्ने एउटा मञ्च भएको र अन्तर्राष्ट्रिय जगतको अनिश्चितता र चुनौतीको सामना गर्न सबै पक्षले मिलेर काम गर्नुपर्ने बताएका छन्। चुनौतीबाट सबैभन्दा प्रभावित "ग्लोबल साउथ" का देशहरू हुन्। त्यसैले ६७.१ प्रतिशत उत्तरदाताले जी-२० शिखर सम्मेलनले "ग्लोबल साउथ" देशको विकास आग्रहमा ध्यान दिने र अन्तर्राष्ट्रिय मामिलामा "ग्लोबल साउथ" देशको भूमिका र प्रभावलाई प्रभावकारी रूपमा बढाउने अपेक्षा गरेका छन्। त्यसबाहेक ७३.४ प्रतिशत उत्तरदाताले "ग्लोबल साउथ" देशका लागि साझा अभिरूचि जलवायु प्रशासन मामिलामा जी-२० का सदस्यहरूले सक्रिय रूपमा अन्तर्राष्ट्रिय सहयोगलाई बढाएर विश्वव्यापी अर्थतन्त्रको हरित रूपान्तरणलाई बढाउने अपेक्षा गरेका छन्।
सबैभन्दा ठूलो विकासोन्मुख देश र ग्लोबल साउथको महत्वपूर्ण सदस्यको हैसियतमा, चीनले बहुपक्षीय सहयोग संयन्त्र भएको जी २० मार्फत् अन्तर्राष्ट्रिय मामिलामा ग्लोबल साउथका देशहरूको आवाज र प्रतिनिधित्वलाई अझ बढाउने प्रयास गर्दै आएको छ।