नेपाली

चीन-पेरू जनस्तरको आदान-प्रदान कार्यक्रम लिमामा

criPublished: 2024-11-17 18:25:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ लिमामा आयोजित एपेकका नेताहरूको ३१ औँ अनौपचारिक सम्मेलनमा भाग लिँदै पेरूको राजकीय भ्रमणमा रहँदा स्थानीय समय नोभेम्बर १५ तारिख चाइना मिडिया ग्रुपले पेरू राष्ट्रपति भवनको रणनीतिक प्रचार-प्रसार तथा प्रेस सचिवालय, पेरूको राष्ट्रिय रेडियो तथा टेलिभिजन समूहसँग संयुक्त रुपमा आयोजना गरेको चीन-पेरू जनस्तरको आदान-प्रदान कार्यक्रम लिमामा आयोजना भएको छ। पेरूका राष्ट्रपति डिना बोलुआर्टेले भिडियोमार्फत सम्बोधन गर्दै उक्त कार्यक्रमलाई प्रशस्त उपलब्ध हासिल गर्न शुभकामना दिनु भएको छ।

राष्ट्रपति बोलुआर्टेले भिडियो सम्बोधन गर्दै यस पटकको चीन-पेरू जनस्तरको आदान-प्रदान कार्यक्रम पेरू र चीनको सांस्कृतिक सम्पदाको प्रदर्शन, दुई मुलुकको मित्रता र सहयोगको पछिल्लो साक्षी रहेको बताउनुभयो।

चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले हालैका वर्षहरूमा चाइना मिडिया ग्रुपले पेरूको सरकारी संस्थान र बहु मुख्य सञ्चार-माध्यमसँग मिलेर रचना गरेको “पैचिङ र लिमा” नामक वृत्तिचित्र, “सद्भावमा सुन्दरताको सम्बन्धमा सीजीटीएनको शृङ्खलाबद्ध सभ्यता वार्ता” आदि उपलब्धिहरू चाइना मिडिया ग्रुप र ल्याटिन-अमेरिकाका सहयोगात्मक साझेदारहरूले जनस्तरको आदान-प्रदानलाई सबल पारेको सकारात्मक कदम भएको बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn