नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङबाट दक्षिण कोरियाका राष्ट्रपतिसँग वार्ता

CRIPublished: 2024-11-16 09:14:19
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयअनुसार नोभेम्बर १५ तारिख बिहान एपेक नेतागणको अनौपचारिक वार्तामा सहभागी हुँदा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दक्षिण कोरियाका राष्ट्रपति यून सेओक यौलसँग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीकाअनुसार, परिस्थिति जसरी परिवर्तन भए तापनि चीन र दक्षिण कोरियाले दौत्य सम्बन्ध स्थापना हुँदाको मूल आकाङ्क्षामा अडिग रहनुपर्छ, मैत्रीपूर्ण छिमेकीको दिशामा अडिग रहनुपर्दछ, पारस्परिक लाभ र जीतको लक्ष्यको पालना गर्नुपर्दछ। आदानप्रदानलाई सबल पार्नुका साथै सहयोगलाई गहिरो पारी चीन-दक्षिण कोरिया रणनीतिक सहकारी साझेदारीको स्वस्थ र स्थिर विकासलाई बढाउनुका साथै दुई देशका जनतालाई अझ राम्रो फाइदा पुर्‍याउने र क्षेत्रीय शान्ति तथा स्थिरता र विकास तथा समृद्धिमा ठूलो योगदान गर्नुपर्दछ ।

राष्ट्रपति यून सेओक यौलका अनुसार, चीन विश्व आर्थिक वृद्धिको महत्वपूर्ण इन्जिन हो। चीनले विश्वका सामु देखा परेका समस्याहरूको सामना गर्न महत्वपूर्ण योगदान दिएको छ। दक्षिण कोरियाले चीनलाई महत्वपूर्ण सहकारी साझेदारको रूपमा मान्दछ र दुइ देशबीच रणनीतिक सहकारी साझेदारीको निरन्तर विकासलाई बढाउने आशा गर्दछ। दक्षिण कोरियाले एक चीनलाई सम्मान गर्ने आफ्नो नीतिमा कुनै परिवर्तन गर्दैन र चीनको आधुनिकीकरण प्रक्रियामा भाग लिएर दुई देशबीचको आर्थिक तथा व्यापारिक सहयोगलाई अझ घनिष्ट पार्ने आशा गरेको छ। एपेक लगायत बहुपक्षीय संयन्त्रमा चीनसँग सहयोगलाई सबल पारेर बहुपक्षीयता र स्वतन्त्र व्यापारको संयुक्त सुरक्षण गर्न दक्षिण कोरियाको इच्छुक छ।

Share this story on

Messenger Pinterest LinkedIn