नेपाली

चीन र पेरुद्वारा स्वतन्त्र व्यापार सम्झौताको अध्यावधिक प्रोटोकलमा हस्ताक्षर

CRIPublished: 2024-11-15 17:41:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीन र पेरुले नोभेम्बर १४ तारिख लिमामा "जन गणतन्त्र चीन सरकार र पेरू गणराज्य सरकारबीच ‘चीन र पेरुबीच स्वतन्त्र व्यापार सम्झौता’ सम्बन्धी अध्यावधिक प्रोटोकल” मा हस्ताक्षर भएको छ।

सन् २००९ अप्रिलमा चीन र पेरुले स्वतन्त्र व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर गरेर सन् २०१८ को नोभेम्बरमा स्वतन्त्र व्यापार सम्झौता सम्बन्धी वार्ता सुरु गर्नुका साथै सन् २०२४ जुनमा पर्याप्त रूपमा पूरा भएको थियो। मूल सम्झौताको आधारमा अध्यावधिक गरिएको प्रोटोकलले सम्झौताको मूल ७ अध्यायहरूलाई थप सुधार गर्नुका साथै मापदण्ड र अनुरूपता मूल्याङ्कन सहयोग, प्रतिस्पर्धा नीति, ई-वाणिज्य, वैश्विक आपूर्ति शृङ्खला, वातावरण तथा व्यापार सहित ५ नयाँ अध्याय थपेको छ।

सम्झौतामा हस्ताक्षर भएपछि, दुवै पक्षले क्रमशः आ-आफ्नो घरेलु कानुन अनुमोदन प्रक्रिया पूरा गरेर अध्यावधिक प्रोटोकल कार्यान्वयनमा तिव्रता दिनेछन्।

Share this story on

Messenger Pinterest LinkedIn