नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको हस्ताक्षरसहितको लेख पेरूको सञ्चार माध्यममा प्रकाशन

CRIPublished: 2024-11-14 16:25:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर १४ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पेरूको लीमामा आयोजना हुने एसिया प्रशान्त आर्थिक सहयोग संगठन एपेकको ३१औँ नेताहरूको अनौपचारिक बैठकमा सहभागिता हुने क्रममा तथा पेरूको राष्ट्रिय भ्रमण गर्नुहुने अवसरमा ‘पेरू पत्र’नामक पत्रिकामा ‘चीन र पेरूबीचको मित्रताको जहाजलाई टाढा जान देऔँ’शीर्षकमा हस्ताक्षरसहितको लेख प्रकाशित गर्नुभएको छ।

उक्त लेखमा उल्लेख गरिएको छः यस भ्रमणको क्रममा, म पेरूका राष्ट्रपति दीना बोलुअर्टसँगै भिडियो लिङ्कमार्फत् चेन्काइ बन्दरगाहको सार्वजनिक समारोह सहभागी हुनेछु। चेन्काइ बन्दरगाह चीन र पेरूद्वारा संयुक्त रूपमा निर्माण गरिएको बेल्ट एण्ड रोडको महत्वपूर्ण परियोजना हो र दक्षिण अमेरिकाको पहिलो स्मार्ट बन्दरगाह पनि हो। हामीले यो बन्दरगाहलाई राम्रोसँग निर्माण र सञ्चालन गर्नुपर्छ र‘चेन्काइदेखि शाङहाईसम्म’वास्तविक रूपमा चीन-पेरूबीचको समृद्धितिरको विकास पथ बन्ने छ।

Share this story on

Messenger Pinterest LinkedIn