नेपाली

चुहाई शहरमा भएको गाडी दुर्घटनाबारे राष्ट्राध्यक्ष सी चिनफिङद्वारा महत्त्वपूर्ण निर्देशन

criPublished: 2024-11-13 15:09:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर ११ तारिख बेलुकी क्वाङ तोङ प्रान्तको चुहाई शहरको स्याङ चौ जिल्लाको खेलकुद केन्द्रमा गाडी कुदाएर पैदलयात्रीलाई ठक्कर दिने घटना भएको छ। हालसम्म सो घटनामा ३५ जनाको मृत्यु हुनुका साथै ४३ जना गम्भीर घाइते भएका छन्।

घटनापछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले यस घटनालाई उच्च महत्त्व दिनुकासाथै महत्त्वपूर्ण निर्देशन दिनुभएको छ। उहाँका अनुसार, क्वाङ तोङ प्रान्तको चुहाई शहरको स्याङ चौ जिल्लाको खेलकुद केन्द्रमा गाडीले पैदल यात्रीलाई ठक्कर दिएको घटनाले ठूलो मानविय क्षति पुगेको र यसको प्रकृति अत्यन्त घातक छ। घाइतेहरूको सक्दो उपचार र मृतक तथा घाइतेका परिवारलाई सान्त्वना दिने र व्यवस्थापन गर्नुपर्छ। साथै दोषीलाई कानूनअनुसार कडा सजाय दिनुपर्छ।

सी चिनफिङको महत्वपूर्ण निर्देशनअनुसार, केन्द्रीय सरकारले स्थानीय क्षेत्रको व्यवस्थापनमा मार्गदर्शन गर्न कार्य टोली पठाएको छ। क्वाङ तोङ प्रान्त र चुहाई शहर घाइतेको उपचार, घटनाको अनुसन्धान, र सामाजिक सुरक्षा सुनिश्चित गर्नका लागि पूर्ण रुपमा प्रयासरत छन्।

Share this story on

Messenger Pinterest LinkedIn