नेपाली

चीन र रूसबीच १९ औं रणनीतिक सुरक्षा छलफल हुने

CRIPublished: 2024-11-11 19:36:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीन र रूसबीच १९ औं रणनीतिक सुरक्षा छलफल हुने भएको छ। रूसी सुरक्षा बैठकका सचिवको चीन भ्रमणको समयमा उक्त छलफल हुने भएको हो।

नोभेम्बर ११ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले यस विषयबारे जानकारी दिनुभएको छ। उहाँका अनुसार, चीन र रूस नयाँ युगमा चौतर्फी रणनीतिक समन्वय साझेदारी हुन्। दुई देशले साझा अभिरूचि रणनीतिक र विश्वव्यापी मामिलाबारे घनिष्ट आदानप्रदान कायम राखेका छन्। नोभेम्बर १२ तारिख चीन र रूसबीच वार्षिक रणनीतिक सुरक्षा छलफल हुनेछ। जसको उदेश्य दुई देशका राष्ट्रनायकको वार्तामा प्राप्त महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्न र द्वीपक्षीय सम्बन्ध तथा दुई देशको रणनीतिक सुरक्षित फाइदासम्बन्धी महत्वपूर्ण मामिलाबारे गहिरो वैचारिक आदानप्रदान गर्नु रहेको छ। यस बाहेक अडानको समन्वय गर्न र पारस्परिक विश्वासलाई बढाउनका लागि पनि यो वार्ता महत्वपूर्ण हुनेछ। चीनले समयमै सम्बन्धित सूचना प्रकाशित गर्ने जानकारी पनि प्रवक्ता लिनले दिनु भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn