नेपाली

पाकिस्तानको आतंकवाद विरोधी कार्यलाई चीनले निरन्तर समर्थन गर्ने

CRIPublished: 2024-11-11 17:42:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर ११ तारिख आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्राकार सम्मेलनमा प्रवक्ता लिन च्यानले पाकिस्तानमा चिनियाँ नागरिकमाथि आक्रमण गरिएको विषयबारे प्रश्नको जवाफ दिनुभएको छ। प्रवक्त लिन च्यानका अनुसार, चीनले आतंकवाद सबै मानवजातिको साझा शत्रु भएको दोहोर्याएको छ। आतङ्कवादविरुद्ध प्रहार र त्रासदीको पुनरावृत्ति हुन नदिनु अन्तर्राष्ट्रिय जगतको साझा जिम्मेवारी हो। चीनले पाकिस्तानको आतङ्कवाद विरोधी गतिविधिलाई निरन्तर रूपमा समर्थन दिनुका साथै विदेशमा चिनियाँ नागरिक, परियोजना र संस्थाको सुरक्षाको दृढतापूर्वक रक्षा गर्नेछ। चीन र पाकिस्तान दुवैसँग चीन-पाकिस्तान सम्बन्धमाथि भङ्ग गर्ने सबै दुष्प्रयास असफल पार्ने र आतङ्कवादीलाई मूल्य चुकाउन बाध्य पार्ने अठोट र क्षमता छ।

चीन र पाकिस्तानबीचको पारस्परिक विश्वास र सहयोगलाई भङ्ग गर्ने कुनै पनि प्रयास सफल नहुने प्रवक्ता लिनले बताउनुभएको छ। दुई देशका जनताको हितका लागि चीनले पाकिस्तानको आर्थिक र सामाजिक विकासमा र जन जीवनको सुधारलाई निरतर समर्थन दिने र विभिन्न क्षेत्रको सहयोगलाई दृढतापूर्वक अगाडि बढाउनेछ।

Share this story on

Messenger Pinterest LinkedIn