नेपाली

तिङ स्युएस्यङ सिङ्गापुरमा भ्रमण गर्नुका साथै चीन-सिङ्गापुर द्विपक्षीय सहयोग संयन्त्रको बैठकको अध्यक्षता गर्ने र राष्ट्राध्यक्ष सी चिनफिङको विशेष प्रतिनिधिको हैसियतले विश्व नेताहरूको जलवायु कार्य शिखर सम्मेलनमा भाग लिन अजरबैजानमा भ्रमण जाने

criPublished: 2024-11-09 16:46:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माय निङले घोषणा गर्नुभयो:

सिङ्गापुरका उपप्रधानमन्त्री येन किम योङको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य एवम् राज्य परिषद्का उपप्रधानमन्त्री तिङ स्युएस्यङले नोभेम्बर १० तारिखदेखि ११ तारिखसम्म सिङ्गापुरको भ्रमण गर्नुहुने छ। उहाँले उपप्रधानमन्त्री येन किम योङसँग द्विपक्षीय सहयोगसम्बन्धी चीन-सिंगापुर संयुक्त समितिको २०औं बैठक, चीन-सिङ्गापुर सुचौ औद्योगिक पार्क संयुक्त समन्वय परिषद्को २५औं बैठक, चीन-सिंगापुर थेनचिन इको-सिटी संयुक्त समन्वय समितिको १६औं बैठक,चीन-सिङ्गापुर (छोङछिङ) रणनीतिक जडान प्रदर्शन परियोजना संयुक्त समन्वय परिषद आठौं बैठकले संयुक्त रूपमा अध्यक्षता गर्नुहुनेछ।

अजरबैजानका राष्ट्रपति इलहाम अलियेभको निमन्त्रणामा राष्ट्राध्यक्ष सी चिन फिङका विशेष प्रतिनिधि,चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य एवम् राज्य परिषद्का उपप्रधानमन्त्री तिङ स्युएस्यङ नोभेम्बर १२ तारिखदेखि १३ तारिखसम्म विश्व नेताहरूको जलवायु शिखर सम्मेलनकार्यमा भाग लिनका साथै अजरबैजानमा भ्रमण गर्नुहुनेछ।

Share this story on

Messenger Pinterest LinkedIn