नेपाली

सीजीटीएन सर्वेक्षण | आयात एक्स्पोका लाभहरू बढ्दैः विश्वव्यापी उत्तरदाताहरू

criPublished: 2024-11-06 16:12:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

लगातार सातौँ वर्ष आयोजना भइरहेको चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो (सीआईआईई) ले लगातार नयाँ कीर्तिमान कायम गरेको छ जसमा १२९ देश र क्षेत्रका ३ हजार ४९६ प्रदर्शक, फर्च्युन ग्लोबल र उद्योगका अग्रणी कम्पनीहरूले सहभागिता जनाएका छन्। त्यस्तै १८६ कम्पनी तथा संस्थाहरूले लगातार सहभागिता जनाएका छन्।

यसैबीच सीजीटीएनले हालै ३३ हजार ८५८ विश्वव्यापी उत्तरदाताहरूबीच एउटा सर्वेक्षण गरेको छ। सर्वेक्षणमा सहभागीहरूमध्ये करीब ६७ प्रतिशतले चीन खुला र प्रतिस्पर्धात्मक स्वतन्त्र बजारतर्फ उन्मुख भएको ठानेका छन्। अफ्रिका, मध्यपूर्व, दक्षिण अमेरिका र दक्षिणपूर्वी एसियामा समान दृष्टिकोण राख्ने उत्तरदाताहरूको प्रतिशत क्रमशः ८६.६ प्रतिशत, ८८.२ प्रतिशत, ७७.९ प्रतिशत र ७८.६ प्रतिशत रहेको छ।

खुलापन सीआईआईईको मूल अवधारणा हो र चिनियाँ शैलीको आधुनिकीकरणको अलग पहिचान हो। चिनियाँ भन्सार तथ्याङ्कका अनुसार यस वर्षको पहिलो तीन त्रैमासिकमा चीनको कुल आयात र निर्यात मूल्य नयाँ उचाइमा पुगेको छ, प्रत्येक त्रैमासिकमा १० ट्रिलियन युआन नाघेको छ।

सर्वेक्षणमा साडे ७७ प्रतिशत उत्तरदाताहरूले चीनको व्यापारिक वातावरण लगानीकर्ताहरूका लागि आकर्षक रहेको महसुस गरेका छन्। त्यस्तै ७३ दलशमलव ९ प्रतिशत विश्वव्यापी उत्तरदाताहरूले आफ्ना देश र चीनद्वारा सुरु गरिएका अन्तर्राष्ट्रिय सहयोग परियोजनाहरूमा भाग लिने कम्पनीहरूलाई समर्थन गरेका छन्।

साडे ७८ प्रतिशत उत्तरदाताहरू विश्वास गर्छन् कि उनीहरूका देशले चीनसँगको व्यापारबाट फाइदा लिन्छन् र तिनीहरू दृढताका साथ विश्वास गर्छन् कि चीनको उच्च स्तरको खुलापनले व्यापार साझेदारहरूको लागि फराकिलो बजार अवसरहरू ल्याउनेछ।

यसबाहेक करीब ८४ प्रतिशत उत्तरदाताहरूको विचारमा विश्वव्यापी औद्योगिक र आपूर्ति श्रृंखलाको स्थिरताको लागि चीन महत्त्वपूर्ण छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn