सेप्टेम्बरसम्म चीनमा निजी आर्थिक संस्थाहरूको कुल संख्या १८ करोड
चीनमा निजी आर्थिक संस्थाहरूको संख्या लगातार बढिरहेको छ। गत सेप्टेम्बरको अन्तसम्ममा, चीनमा निजी आर्थिक संस्थाहरूको कुल संख्या १८ करोड ८ लाख ६४ हजार ८०० पुगेको छ जुन व्यापारिक संस्थाहरूको कुल संख्याको ९६.३७ प्रतिशत हो। गत वर्षको सोही अवधिको तुलनामा ३.९३ प्रतिशतले वृद्धि भएको छ र बितेका १० वर्षभन्दा बढीको अवधिमा ४ गुणाभन्दा बढीको वृद्धि भएको छ। उक्त जानकारी नोभेम्बर ६ तारिख चिनियाँ बजार नियमन राज्य प्रशासनबाट प्राप्त भएको हो।
ती मध्ये, ५ करोड ५५ लाख ४२ हजार ३०० भनेको निजी उद्यमहरू हुन् जुन गत वर्षको सोही अवधिको तुलनामा ६.०२ प्रतिशतले वृद्धि भएको छ।
साथै त्यसमध्ये १२ करोड ५३ लाख २२ हजार ५०० भनेको व्यक्तिगत औद्योगिक र व्यावसायिक परिवारहरू हुन् जुन गत वर्षको सोही अवधिको तुलनामा ३.०३ प्रतिशतले वृद्धि भएको छ। व्यावसायिक संस्थाहरूको दर्ता अधिक सुविधाजनक भएको छ, निजी आर्थिक अपरेटरहरूको अनुपात अझ बढेको छ, र बजार जीवनशक्ति पूर्ण रूपमा जारी गरिएको ती तथ्याङ्कबाट प्रतिबिम्बित गरिएको छ।
यसका अतिरिक्त, सेवारत क्षेत्र क्रमशः आर्थिक वृद्धिको महत्वपूर्ण इञ्जिन बनेको छ। उत्पादन र उपभोगबीचको पुलको रूपमा थोक र खुद्रा व्यापारमा निजी आर्थिक संस्थाहरूको उच्च अनुपातबाट पनि चीनको वस्तु बजारको जीवन्ततालाई प्रतिबिम्बित गरिएको छ। नयाँ पूर्वाधार, बुद्धिमान यातायात, आपूर्ति श्रृंखला व्यवस्थापन र अन्य पक्षहरूमा चीनको नीतिगत मार्गदर्शनले रसद उद्योगको लागि राम्रो नीतिगत वातावरण सिर्जना गरेर उल्लेखनीय परिणामहरू प्राप्त गरेको जनाइएको छ।