चिनियाँ प्रधानमन्त्री ली छ्याङ र सातौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोका सम्बन्धित प्रतिनिधि बीच भेटवार्ता
नोभेम्बर ४ तारिख, चिनियाँ प्रधानमन्त्री ली छ्याङले सातौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो प्रदर्शनीमा सहभागी उद्योग प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुभएको छ।
सो भेटवार्तामा सिन्सी टेक्नोलोजी, जेइस मेडिकल, हेक्सकोन, जनरल इलेक्ट्रिक, एस् के ग्रुप, मर्शातोङ्, एफ्ऐडब्ल्यू चाइना, स्याओमी लगायतका उद्योगका प्रमुखहरू सहभागी भएका हुन्। ती उद्योगका प्रतिनिधिहरूले चिनियाँ बजारको विकास राम्रो भएको भन्दै विश्वको दिगो विकासका लागि भविष्यमा चीनको बजारमा निरन्तरताका साथ प्रयास गर्दै चीनमा लगानी विस्तृत गर्ने, नवीन र संयुक्त विकासलाई अघि बढाउने व्यक्त गरेका छन्।
सबैको धारणा सुन्नुभएपछि, प्रधानमन्त्री ली छ्याङले चीनको बजार अझ धेरै देशका उद्योगहरूका लागि सबैभन्दा राम्रो छनौटहरूमध्यको एक भएको भन्दै चीनको बजार पहुँच थप सुविधा सम्पन्न बनाउने, दूरसंचार, शिक्षण, संस्कृति र चिकित्सा लगायतका क्षेत्रहरू खुला तथा विस्तृत पार्ने, वाणिज्य वातावरणमा सुधार गर्ने, उद्योगको वास्तविक समस्याहरू समाधानका लागि सहयोग गर्ने र चिनियाँ तथा विश्व बजारलाई गहन रूपमा मिलाउन, आर्थिक विश्वव्यापीकरण र स्वतन्त्र व्यापारलाई कायम राख्न, प्रविधि र उद्योगको स्तरोन्नती गर्न र विश्वको आर्थिक वृद्धिका लागि विदेशी उद्योगहरूलाई चिनियाँ बजारमा निरन्तरताका साथ विकास गर्ने इच्छा रहेको व्यक्त गर्नुभयो।