नेपाली

फिजीका नवनिर्वाचित राष्ट्रपति लारा बारावुलाई चिनियाँ राष्ट्राध्यक्ष सीको बधाई सन्देश

CRIPublished: 2024-11-05 14:16:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर ५ तारिखका दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले लारा बारावुलाई फिजीको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा चिनियाँ राष्ट्राध्यक्ष सीले यसरी उल्लेख गर्नुभयोः जनगणतन्त्र चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका देशहरुमध्ये फिजी प्रशान्त महासागरको पहिलो टापु राष्ट्र हो। कूटनीतिक सम्बन्ध स्थापना भएयताका ४९ वर्षहरूमा, चीन-फिजी सम्बन्धमा ठूलो प्रगति हासिल गरिनुका साथै दुई देशका जनताको हित-कल्याण पनि बढाइएको छ। यसका अतिरिक्त, यस क्षेत्र लगायत विश्वमा शान्ति, स्थिरता र विकासको पनि प्रवर्द्धन गरिएको छ। चीन-फिजी सम्बन्धको विकासलाई उच्च महत्व दिँदै दुई देशका जनताको हित कल्याणलाई बढाउन दुई देशबीचको व्यापक रणनीतिक साझेदारी सम्बन्धको दिगो, सुदृढ र स्थिर विकासलाई अघि बढाउन नवनिर्वाचित राष्ट्रपति महोदयसँग मिलेर काम गर्न तयार रहेको व्यक्त गर्दछु।

Share this story on

Messenger Pinterest LinkedIn