विभिन्न पक्षले सुरक्षित र रक्षात्मक सहकार्य चलाउनका लागि तेस्रो पक्षलाई लक्षित गर्न हुँदैन: चीनको परराष्ट्र मन्त्रालय
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ली च्येनले नोभेम्बर १ तारिख नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै विभिन्न पक्षहरूले सुरक्षित र रक्षात्मक सहकार्य चलाउन क्षेत्रीय शान्ति र स्थिरताका लागि हितकर हुने भन्दै ती सहकार्य तेस्रो पक्षप्रति लक्षित गर्न नहुने र अरू देशको सुरक्षा हितलाई बिगार्न नहुने औँल्याउनुभएको छ। उहाँले युरोपेली संघले जापानसँग रक्षात्मक सहकार्य चलाउन खोजेको विषयबारे चर्चा गर्दै उक्त कुरा बताउनुभएको हो।
युरोपले क्षेत्रीय मुलुकको भूखण्ड र सामुद्रिक हक-अधिकार सम्बन्धी भिडन्तलाई हस्तक्षेप नगरी क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि रचनात्मक भूमिका निर्वाह गर्नसक्ने आशा चीनले गरेको प्रवक्ता लीन च्येनले जोड दिनुभएको छ।