नेपाली

युक्रेन विषयमा अमेरिकाको झुटो आरोप बारे चीनको प्रतिक्रिया

criPublished: 2024-11-01 14:59:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर ३१ तारिख संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले खुला बैठकको आयोजना गरी युक्रेनलाई हतियार प्रदान गर्ने विषयबारे छलफल गरेको छ। सो अवसरमा चिनियाँ प्रतिनिधिले अमेरिकाको झुटो आरोपलाई अस्वीकार गर्नुका साथै युक्रेन संकटको समाधान गर्न वास्तविक योगदान गर्न अमेरिकालाई आह्वान गरेको छ।

बैठकमा संयुक्त राष्ट्र संघका लागि अमेरिकी स्थायी उप-प्रतिनिधि ऊडले रूसमाथि चीनको समर्थन निर्णायक भएको झुटो आरोप लगाएका छन्।

त्यसको प्रतिक्रियामा चिनियाँ उप-प्रतिनिधि कङ श्वाङले चीनले युक्रेन संकटका कुनै पनि पक्षलाई हतियार प्रदान नगरेको तथा सैन्य र नागरिक दुवै दोहोरो-प्रयोग वस्तुको कडा रूपमा नियन्त्रण गरिरहेको दोहोर्याउनुभयो। विश्व व्यापार संगठनका नियम र बजार सिद्धान्तका आधारमा चिनियाँ कम्पनीले रूस र युक्रेन लगायत विश्वभरका देशसँग सामान्य आर्थिक र व्यापारिक सहयोग गरेको छ जुन व्यावहारिक र कानुनी छ भन्ने कुरामा पनि उहाँले जोड दिनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn