नेपाली

अमेरिकी निर्मित हतियारबाट दुई किनारा बीचको सैन्य शक्तिको खाडल परिवर्तित नहुने

criPublished: 2024-10-31 18:40:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर ३१ तारिख दिउँसो चीनको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयले नियमित पत्रकार सम्मेलनको आयोजना गरेको छ। राष्ट्रिय प्रतिरक्षा मन्त्रालयका प्रवक्ता कर्णेल चाङ स्याउ काङले पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिनुभएको छ। उहाँका अनुसार, अमेरिकाले चीनको थाइवान क्षेत्रतर्फ हतियार बिक्रीको कारवाई एक मात्र चीन भन्ने सिद्धान्त र चीन-अमेरिका ३ वटा संयुक्त विज्ञप्तिको नियम विपरित हुनुका साथै चीनको सार्वभौमिकता र सुरक्षामाथि गम्भीर रूपमा उल्लङ्घन गरेको छ। अमेरिकाको यस्तो कारवाईले चीन-अमेरिका सम्बन्धलाई ध्वस्त पार्नुका साथै थाइवान जल डमरूको शान्ति र स्थिरतामा हानी पुर्याएर “थाइवान स्वतन्त्र” पृथकतावादी शक्तिलाई गलत संकेत दिएको छ। चीनले कडा शब्दमा निन्दा गर्दै त्यसको दृढताका साथ विरोध गरेको। यसका साथै चीनले अमेरिकासमक्ष गम्भीर आपत्ति पनि जनाएको छ।

अमेरिकामा निर्मित केही हतियारबाट दुई किनारा बीच सैन्य शक्तिको खाडललाई परिवर्तन गर्न सकिने छैन र चीनको एकीकृत हुने ऐतिहासिक प्रवृत्तिलाई पनि रोक्न सक्ने छैन। चिनियाँ जन मुक्ति सेनाले दृढताका साथ देशको सार्वभौमिकता र भूखण्डको अविच्छिन्नताको संरक्षण गर्दै जाने कुरामा पनि चाङ स्याउ काङले जोड दिनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn