परराष्ट्र मन्त्री वाङ यी तथा रूसी उप-विदेशमन्त्री बीच भेटवार्ता
अक्टोबर ३० तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले पैचिङमा रूसका उप-विदेशमन्त्री आन्द्रेई रूडेन्कोसँग भेटवार्ता गर्नुभएको छ।
भेटका अवसरमा वाङ यीले दुवै देशका नेतागण बीचको मतैक्यलाई व्यवहारमा उतार्नुका साथै रूससँग घनिष्ट सम्पर्क र समन्वय गरी संयुक्त रूपमा शाङहाई सहयोग संगठनलाई अझ विकसित पार्दै जान चीन इच्छुक रहेको औँल्याउनुभएको छ।
प्रत्युत्तरमा उप-विदेशमन्त्री रूडेन्कोले चीनसँगै मिलेर उच्च तहको आवातजावतलाई घनिष्ट पारी वास्तविक सहकार्यलाई गहन पार्दै निरन्तर रूपमा रूस-चीन सम्बन्धलाई अघि बढाउँदै जान रूस इच्छुक रहेको बताउनुभएको छ।
यसै गरी, दुवै पक्षले युक्रेन सङ्कट लगायतका विषयहरूबारे वैचारिक आदानप्रदान गरेका छन्।