संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ अधिवेशनका सभापति फिलेमोन याङले चीनको भ्रमण गर्नुहुने
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा संयुक्त राष्ट्रसंघको महासभाको ७९ औँ अधिवेशनका सभापति फिलेमोन याङले अक्टोबर ३० देखि नोभेम्बर ३ तारिखसम्म चीनको भ्रमण गर्नुहुने भएको छ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीन च्येनले ३० तारिख उक्त घोषणा गर्नुभएको हो।