नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ तथा जाम्बियाका राष्ट्रपति बीच बधाई सन्देश आदानप्रदान

criPublished: 2024-10-29 18:47:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर २९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र जाम्बियाका राष्ट्रपति हाकाइन्दे हिचिलेमाले एकअर्कालाई बधाई सन्देश पठाउँदै दुई देश बीच दौत्य सम्बन्ध कायम भएको ६० औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

आफ्नो पत्रमा राष्ट्राध्यक्ष सीले दौत्य सम्बन्ध कायम भएको ६० वर्षयता चीन जाम्बिया सम्बन्ध बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिको परिक्षणबाट उत्तीर्ण भई दुवै देशले सधैँ न सदिच्छा मैत्रीपूर्ण आवतजावतलाई कायम राख्दै आएको बताउनुभयो। राष्ट्रपति हिचिलेमासँगै मिलेर परम्परागत मित्रताको प्रचार प्रसार गर्दै एकले अर्कालाई समर्थन गरी अझ प्रगाढ चीन जाम्बिया भाग्य एकरूपताको निर्माण गर्दै जान चीन इच्छुक रहेको कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

राष्ट्रपति हिचिलेमाले दौत्य सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सव जाम्बिया-चीन सम्बन्धको महत्वपूर्ण कोसे-ढुङ्गा भएको भन्दै राष्ट्राध्यक्ष सी सँगसँगै अझ सुमधुर भविष्यको सिर्जना गरी जाम्बिया चीन सम्पूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई विकसित पार्दै जान जाम्बिया इच्छुक रहेको बताउनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn