सी चिनफिङद्वारा सीपीसी १७औँ सामूहिक अध्ययन शिक्षालाई अध्यक्षता
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले २८ तारिख दिउँसो सांस्कृतिक शक्तिशाली देश बनाउन १७औँ सामूहिक अध्ययन शिक्षाको आयोजना गरेको छ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले अध्यक्षता गर्दै सन् २०३५ सम्ममा सांस्कृतिक शक्तिशाली देश निर्माण गर्ने रणनीतिक लक्ष्य हासिल गर्नुपर्ने दोहोर्याउनुभयो। उहाँले मार्क्सवादको आधारभूत मार्गदर्शक विचारधारामा अडिग रहेर व्यापक र गहिरो चिनियाँ सभ्यतामा जरा गाडी सूचना प्रविधिको विकासको प्रवृत्तिलाई अनुरूप बनाउने भन्दै बलियो वैचारिक नेतृत्व, आध्यात्मिक एकता, मूल्य आकर्षण र अन्तर्राष्ट्रिय प्रभाव भएको नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी संस्कृतिको निरन्तर विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो। जनताको आत्मिक बललाई निरन्तर अभिवृद्धि गर्दै बलियो देश निर्माण र राष्ट्रको पुनरुत्थानका लागि ठोस सांस्कृतिक आधार निर्माण गर्नुपर्ने पनि सी चिनफिङले बताउनुभयो।
पैचिङ विश्वविद्यालयका उपप्राचार्य एवम प्राध्यापक वाङ पोले त्यसबारे व्याख्या गर्नुका साथै कार्य प्रस्ताव प्रस्तुत गर्नुभयो। केन्द्रिय राजनीतिक ब्यूरोका कमरेडहरूले ध्यानपूर्वक सुनेर छलफल गर्नुभयो।