नेपाली

परारष्ट्र मन्त्रालयद्वारा अमेरिकाले थाइवानलाई गरेको हतियार बिक्रीबारे प्रतिक्रिया

CRIPublished: 2024-10-27 16:07:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर २६ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिकाले थाइवानलाई १ अर्ब ९८ करोड ८० लाख डलरको हतियार बिक्रीलाई अनुमोदन गरेको विषयमा पत्रकारहरुको प्रश्नको उत्तर दिएका छन्।

प्रवक्ताका अनुसार, अमेरिकाले चीनको थाइवानलाई हतियार बिक्री गर्दा एक मात्र चीनको सिद्धान्त र चीन- अमेरिका ३ संयुक्त विज्ञप्तिहरूका नियमहरूलाई गम्भीर रूपमा उल्लङ्घन गरेको छ। यसले चीनको संवैधानिक सार्वभौमिकता र सुरक्षा हितलाई गम्भीर रूपमा हानी पुर्‍याउँदै चीन- अमेरिका सम्बन्धलाई गम्भीर रूपमा बिगार्दै गएको छ। साथै अमेरिकाले थाइवान जल डमरुका लागि शान्ति र स्थिरतालाई खतरामा पारेको छ भने "थाइवान स्वतन्त्रता"को विभाजनकारी शक्तिहरूलाई गम्भीर रूपमा गलत संकेत दिएको छ।

चीन सरकारले यस्तो गतिविधिको कडा शब्दमा निन्दा गर्दै दृढ विरोधका साथ अमेरिकासँग गम्भीर कुराकानी गरेको ती प्रवक्ताले बताए।

अमेरिका जिद्दी भएर थाइवानलाई "चीनमाथि नियन्त्रण गर्न" र "हतियारद्वारा पृथकीकरणमा मद्दत गर्न" खोज्दैछ, जुन अमेरिकी नेताहरूको "थाइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने" भनाइसँग पूर्णरूपमा विपरीत रहेको र दुई पक्षबीचको स्थिरता कायम राख्ने प्रयासहरू विरुद्ध रहेको प्रवक्ताको ठहर छ।

चीन सरकारले अमेरिकी पक्षलाई थाइवानका लागि हतियार वितरण गर्न र थाइवान जल डमरुको शान्ति र स्थिरता भंग गर्ने खतरनाक गतिविधिहरू तुरुन्तै रोक्न आग्रह गरेको छ।

चीन सरकारले दृढ प्रतिक्रिया जनाउँदै राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र भौगोलिक अखण्डता सुदृढ गर्ने सबै आवश्यक उपायहरू अपनाउनेछ।

Share this story on

Messenger Pinterest LinkedIn