नेपाली

चीन-अमेरिका आर्थिक कार्य टोलीको छैठौँ सम्मेलनको आयोजना

CRIPublished: 2024-10-26 16:51:44
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर २५ तारिख चीनका उप वित्तमन्त्री ल्याउ मिनले अमेरिकाको वाशिण्टनमा विश्व बैंक/ अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनको वार्षिक सम्मेलनमा सहभागी हुँदा अमेरिकी उप वित्तमन्त्री जेई शाम्बाउसँग संयुक्त रूपमा चीन-अमेरिका आर्थिक कार्य टोलीको छैठौँ सम्मेलनको आयोजना गर्नुभएको छ। त्यस अवसरमा दुवै पक्षले दुई देशको समष्टिगत आर्थिक परिस्थिति र नीति, विश्वव्यापी चुनौतीको सामना, कम आम्दानी भएका मुलुकका लागि अस्थायी चुनौतीको सामना गर्न सहायता दिने र भावी सम्पर्क कार्यबारे गहन, वास्तविक र रचनात्मक आदानप्रदान गरेका छन्। चीनले मुख्यत: वर्तमान चीनको समष्टिगत आर्थिक परिस्थिति र चाँडै प्रस्तुत गर्नलागेको एक मुष्ठ अतिरिक्त नीतिबारे जानकारी दिएको छ। साथै अमेरिकाले चीनमाथि थप कर लगाउने, रूससँग सम्बन्धित नाकाबन्दी लगाउने कदमहरूको पनि चीनले ख्याल-विचार गरेको छ।

सम्मेलन सम्पन्न भएपछि उप वित्तमन्त्री ल्याउ मिनले अमेरिकी वित्तमन्त्री ज्यानेट एल.येलेनसँग भेटवार्ता गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn