नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा निजामति कार्यबारे महत्वपूर्ण निर्देशन

CRIPublished: 2024-10-26 16:44:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हालै निजामति कार्यबारे महत्वपूर्ण निर्देशन दिनुभएको छ। उहाँका अनुसार, बितेका केही वर्षयता निजामति प्रणालीले निष्ठापूर्वक केन्द्रीय समितिको निर्णय प्रस्तावलाई व्यवहारमा उतार्नुका साथै पार्टी र देशको कुल कार्यकारी अवस्थाका लागि सशक्त सेवा प्रदान गर्दै आएको छ।

नयाँ युगको नयाँ यात्रामा रहँदा विभिन्न तहका पार्टी समिति र सरकारले जनतालाई प्राथमिकता राखी निजामति कार्यको नेतृत्वलाई सबल पारी जनताका लागि सबभन्दा चासो भएका, सबभन्दा प्रत्यक्ष र सबभन्दा प्रभावकारी समस्याहरूको राम्रोसँग समाधान गर्दै निरन्तर रूपमा निजामति कार्यको उच्च गुणस्तरीय विकासलाई अघि बढाउँदै जाने कुरामा पनि उहाँले जोड दिनुभएको छ।

१५ औँ राष्ट्रिय निजामति सम्मेलन अक्टोबर २५ देखि २६ तारिखसम्म पैचिङमा आयोजना गरिएको छ। सम्मेलनमा राष्ट्राध्यक्ष सीको उक्त महत्वपूर्ण निर्देशन हस्तान्तरण गरिएको थियो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका स्थायी सदस्य एवम् प्रधानमन्त्री ली छ्याङले सहभागी हुँदै सम्बोधन गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn