नेपाली

मोजाम्बिक मुक्ति मोर्चा पार्टीका राष्ट्रपतिका उम्मेद्वार आमनिर्वाचनमा बिजयी

CRIPublished: 2024-10-26 10:15:00
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर २४ तारिख मोजाम्बिक राष्ट्रिय निर्वाचन समितिले आमनिर्वाचनको नतिजा सार्वजनिक गरे अनुसार, सत्तारूढ पार्टी अर्थात् मोजाम्बिक मुक्ति मोर्चा पार्टीका राष्ट्रपतिका उम्मेद्वार डेनिल चापोले ७०.६७ प्रतिशतको मत दरले आमनिर्वाचनमा बिजय प्राप्त गर्नुभएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीन च्यानले २५ तारिख पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै मोजाम्बिकको मैत्रीपूर्ण मुलुकको रूपमा मोजाम्बिकले सफलताका साथ राष्ट्रपति, संसद र स्थानीय सरकारको निर्वाचनको आयोजना गरेकोमा चीनलाई खुसी लागेको छ र मोजाम्बिक मुक्ति मोर्चा पार्टी तथा नयाँ निर्वाचित राष्ट्रपति चापोलाई शुभकामना व्यक्त गरेको बताउनुभयो।

मोजाम्बिकसँग नयाँ ऐतिहासिक शुरूवातमा प्रयास गर्दै चीन-मोजाम्बिक सम्पूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई गहन रूपमा बढाउनुका साथै दुवै देशका जनताका लागि अझ बढी हितकल्याणको सिर्जना गर्दै जान चीन इच्छुक रहेको कुरा पनि प्रवक्ता लीन च्यानले औँल्याउनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn