नेपाली

क्युबा राष्ट्राध्यक्षद्वारा ली शुलेइसँग भेट

criPublished: 2024-10-25 14:28:37
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर २२ तारिख क्युबा कम्युनिष्ट पार्टी केन्द्रिय समितिका प्रथम सचिव एवम राष्ट्राध्यक्ष डियाज कानेलले हवानामा चीन-क्युबा कम्युनिष्ट पार्टीको छैठौँ सैद्धान्तिक गोष्ठीमा उपस्थित हुनुभएका चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोका सदस्य एवम केन्द्रिय समितिको प्रचार विभागका प्रमुख ली शुलेइसँग भेट-वार्ता गर्नुभएको छ।

ली शुलेइले महासचिव सी चिनफिङ र प्रथम सचिव डियाज कानेलबीच दुई पार्टी तथा दुई देश सम्बन्धको विकासबारे सम्पन्न भएको महत्वपूर्ण सहमतिले चीन-क्युबा दीर्घकालीन मित्रतालाई दिशा देखाएको भन्दै चीनले क्युबासँग दुई पार्टी र दुई देशका शीर्ष नेताको महत्वपूर्ण सहमतिलाई संयुक्त रूपमा व्यवहारमा उतारेर चीन-क्युबा भाग्य समुदायको रचना गर्ने इच्छा लिएको व्यक्त गर्नुभयो।

डियाज कानेलले क्युबा-चीन पार्टी र देशबीचको विशेष मैत्रीपूर्ण सम्बन्धको उच्च प्रशंसा गर्नुका साथै दुई पार्टीबीच देश प्रशासन अनुभवको आदान-प्रदानलाई बढाएर क्युबा-चीन भाग्य समुदायको रचना गर्ने इच्छा आफूले लिएको बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn