नेपाली

चीनमा विदेशी लगानी बढेको छ: राष्ट्रिय विदेशी मुद्रा प्रशासन

criPublished: 2024-10-22 14:33:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको राष्ट्रिय विदेशी मुद्रा प्रशासनका उप-प्रमुख ली हुङयेनले यस वर्षका अघिल्ला तीन त्रैमासिकमा चीनमा विदेशी लगानीको मात्रा बढेको जानकारी दिनुभएको छ।

२२ तारिख पैचिङमा आयोजित राज्य परिषदको प्रेस कार्यालयको पत्रकार सम्मेलनमा ली हुङयेनले उक्त कुरा बताउनुभएको हो। उहाँले पहिला तीन त्रैमासिकमा ८० अर्ब अमेरिकी डलरभन्दा बढीको संचयी शुद्ध वृद्धिको साथ स्वदेशी ऋणमा विदेशी लगानीको प्रवाह जारी रहेको व्यक्त गर्नुभयो। पछिल्लो समय स्वदेशी स्टकमा विदेशी लगानीको स्थितिमा पनि उल्लेख्य सुधार आएको छ भने हाल स्वदेशी शेयर बजार र ऋणपत्र बजारमा विदेशी पुँजीको अनुपात करिब ३ देखि ४ प्रतिशत रहेको छ र आगामी दिनमा थप सुधारको सम्भावना रहने पनि उहाँले बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn