नेपाली

एक हजारभन्दा बढी विदेशी मिडियाद्वारा रिट्विट! ग्लोबल साउथ थिङ्क ट्याङ्क फोरमलाई उत्साहजनक प्रतिक्रिया

criPublished: 2024-10-21 14:23:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२४ को ब्रिक्स नेताहरूको शिखर सम्मेलनको पूर्वसन्ध्यामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग र चाइना मिडिया ग्रुपले "शान्ति, विकास, सुरक्षा र साझा भविष्यसहितको समृद्ध विश्व निर्माण" विषयक ग्लोबल साउथ थिङ्क ट्याङ्क फोरम पैचिङमा आयोजना गरेका थिए।

संसारबाट आएका ७६ राष्ट्रका राजनीतिज्ञहरु र सरकारी प्रतिनिधि,टिकथ्याङ् विद्वानहरु,मिडिया प्रतिनिधिहरुले अनलाइन तथा अफलाइन तरिकामार्फत् उक्त फोरममा भाग लिएका थिए। ती अतिथिहरुको छलफल चाइना मिडिया ग्रुपको सीजीटीएन टेलिभिजन च्यानल र नयाँ मिडिया मञ्चमा प्रत्यक्ष प्रसारण गरिएको थियो जसले ग्लोबल दक्षिणी राष्ट्रहरुको हार्दिक प्रतिक्रिया पाएको छ।

जनदैनिक अखबार, सिन्ह्वा समाचार एन्जेन्सी,अमेरिकी ब्रोडकास्टिङ कर्पोरेशन (ABC), नेशनल ब्रोडकास्टिङ कर्पोरेशन (NBC), रसियाको ग्रेटर एसिया टेलिभिजन र युरोपेली नेताहरू सहित १ हजार २ सय १५ विदेशी मूलधारका मिडियाले १ हजार ३ सय ७० पटक फोरममा रिपोर्ट गरेका छन्, जसमा ३९.८५ मिलियन भन्दा बढी विश्वव्यापी ‘भ्यूज’ आएको छ।

Share this story on

Messenger Pinterest LinkedIn