नेपाली

राष्ट्र स्तरीय आर्थिक प्राविधिक विकास क्षेत्र सम्बन्धी कामका लागि चिनियाँ राष्ट्राध्यक्ष सीको महत्वपूर्ण निर्देशन

criPublished: 2024-10-20 18:30:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष,केन्द्रीय समितिको सैन्य आयोगका अध्यक्ष सी चिनफिङले राष्ट्र स्तरीय आर्थिक प्राविधिक विकास क्षेत्र सम्बन्धी कामका लागि महत्वपूर्ण निर्देशन दिनुभएको छ। उहाँले जोड दिनुभएअनुसार राष्ट्र स्तरीय आर्थिक प्राविधिक विकास क्षेत्रको निर्माण नै चीनले सुधार तथा खुलापनलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण कदम हो। नयाँ युगको नयाँ यात्रामा राष्ट्र स्तरीय आर्थिक प्राविधिक विकास क्षेत्रले कम्युनिष्ट पार्टीको चौतर्फी नेतृत्व कायम राख्दै नयाँ विकासको विचारधारालाई व्यवहारमा उतार्नुपर्छ। उच्च स्तरीय खुलापनले गहन स्तरीय सुधारलाई प्रवर्द्धन गर्दै सक्रिय रुपमा उच्च गुणस्तरीय बेल्ट एण्ड रोडको निर्माणमा भाग लिनुपर्छ। उन्नत उत्पादनको औद्योगिक आधारलाई सुदृढ र सुधार गर्दै उच्च-अन्त, हरित र डिजिटल उद्योगहरूको प्रवर्द्धन गर्नुपर्छ। स्थानीय परिस्थिति अनुसार नयाँ उत्पादन शक्तिको विकास गर्नुपर्छ।

Share this story on

Messenger Pinterest LinkedIn