नेपाली

सन् २०२४ अन्तर्राष्ट्रिय बौद्धिक सम्पत्ति संरक्षण संघको विश्व बौद्धिक सम्पत्ति सम्मेलन हाङचौमा

criPublished: 2024-10-20 16:47:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२४ अन्तर्राष्ट्रिय बौद्धिक सम्पत्ति संरक्षण संघको विश्व बौद्धिक सम्पत्ति सम्मेलन हाङचौमा सुरू भएको छ। चीनका उप-प्रधानमन्त्री चाङ कोछिङले उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सी चिनफिङको बधाइ सन्देश पढेर सुनाउनुका साथै सम्बोधन पनि गर्नुभएको छ।

चाङ कोछिङले राष्ट्राध्यक्ष सी चिनफिङले विशेष गरी यस सम्मेलनलाई बधाइ सन्देश पठाउनुभएबाट बौद्धिक सम्पत्ति कार्यमा चीनको उच्च ध्यान प्रतिबिम्बित गरिएको उल्लेख गर्नुभयो। उहाँले केही वर्षयता चीनले राष्ट्रिय बौद्धिक सम्पदा रणनीतिलाई गहिराइमा लागू गरी बौद्धिक सम्पत्ति शक्तिको निर्माणलाई तीव्रता दिएर बौद्धिक सम्पत्तिको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको जानकारी दिनुभयो।

नयाँ युगमा चीनले आफ्नो बौद्धिक सम्पत्ति सुशासन क्षमता र स्तर सुधार गर्न जारी राखेर सम्पूर्ण समाजको नवाचार जीवन्ततालाई थप उत्प्रेरित गरेर उच्च गुणस्तरको विकास र चिनियाँ शैलीको आधुनिकीकरणलाई बढावा दिने पनि उहाँले व्यक्त गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn