नेपाली

रूसमा सीएमजीका विविध कार्यक्रमहरूको प्रसारण

criPublished: 2024-10-18 19:00:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ रूसमा आयोजना हुने ब्रिक्सको सोह्रौँ वार्तामा उपस्थित हुनुहुने सन्दर्भमा सीएमजीद्वारा निर्मित कार्यक्रम १८ तारिख रूसको मस्कोमा प्रसारण गरिएको छ। साथै, सीएमजीका ११ वटा कार्यक्रमहरू रूसका प्रमुख प्रवाह मिडियाहरूमा प्रसारण गरिने छन्।

आयोजित कार्यक्रममा सीएमजीका महानिर्देशक शन हाइस्युङ, रूसी राजपत्रका प्रमुख पावेल निगोइका, रूसका लागि चिनियाँ राजदूत चाङ हानह्वीले भिडियोमार्फत् सम्बोधन गर्नुभएको छ।

शन हाइस्युङले यस वर्ष नयाँ चीन स्थापना भएको ७५औँ वार्षिकोत्सव हुनुका साथै चीन-रूस दौत्य सम्बन्ध स्थापना तथा चीन-रूस सांस्कृतिक वर्ष सुरू भएको पनि ७५औँ वार्षिकोत्सव भएको भन्दै दुई देशका राष्ट्रानायकबाट रणनीतिक निर्देशनमा चीन र रूसबीच नयाँ ढाँचाका ठूलो मुलुक सम्बन्धको नमूना स्थापना गरिएको र दुई देशका मिडियाबीचको आदान-प्रदान तथा सहयोग पनि बढ्दैगएको उल्लेख गर्नुभयो। यस प्रसारण कार्यक्रम नै चीन-रूस राष्ट्रानायक वार्ताको उपलब्धि र दुई देशबीच भावनालाई गहन पार्ने अर्को जीवित अभ्यास भएको पनि शन हाइस्युङले दोहोर्याउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn